एजेन्सी
बुधवार, कार्तिक २०, २०७६
420

अमेरिकी विदेश विभागले कन्ट्री रिपोर्ट अन टेरोरिजम २०१८ जारी गरेको छ । यो रिपोर्टमा आतंकवादी संगठन इन्डियन मुजाहिद्दिन (आइएम) का विषयलाई लिएर ठूलो खुलासा गरेको छ । एक नम्बरमा जारी गरिएको यो रिपोर्टका अनुसार आईएमले भारत बिरुद्ध आतंकवादी घटना गराउनका लागि नेपाललाई आफ्नो सबैभन्दा ठूलो अड्डा बनाएको छ । यसका साथै उसले पाकिस्तानी आतंकवादी संगन लश्कर–ए–तोयबा, जैस–ए–मोहम्मद तथा हरकत उल जिहादी इश्लामीसँग पनि साठगाठ गरेको छ ।
रिपोर्टका अनुसार आईएमको पहिलो निशाना भारत रहेको छ, जहा उसले आतंकवादी घटना गर्न सक्छ । यसै अनुसार भारतको छिमेकी देश नेपाललाई उसले आफ्नो  ठूलो केन्द्र बनाउन सक्छ । यसका लागि उसलाई पाकिस्तान समेत मध्यपूर्वको देशबाट पैसा उपलव्ध हुदै आएको छ ।

भारतसँग नेपालको खुला सीमाना तथा एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौमा अपर्याप्त सुरक्षा प्रोटोकलका कारण अन्तर्राष्ट्रिय आतंकवादीले यसलाई आफ्नो सुरक्षित स्थलको रुपमा प्रयोग गरिरहेको छ । २००५ देखि आइएमले भारतलाई दुःख दिँदै आएको छ । जसमा सैयौ मानिसले आफ्नो ज्यान गुमाउनु परेको छ । फरिन टेरोरिस्ट अर्गनाइजेसन (एफटीओ) ले ११ सेप्टेम्बर २०११ मा इन्डियन मुजाहिद्दिनलाई अन्तर्राष्ट्रिय आतंकवादी संगठन घोषित गरेको थियो ।
नेपालमा भएको छैन ठूलो आतंकवादी हमला
नेपालमा हालसम्म पनि कुनै अन्तर्राष्ट्रिय आतंकवादी संगठनले कुनै ठूलो हमला गरेको छैन । यसै कारण नेपाललाई हालसम्म पनि आतंकवादी गतिविधिलाई लिएर कुनै महशुस भएको छैन । केबल माओमादी कम्यूनिस्ट र्पािले छुटपुट आतंकवादी घटना घटाउदै आएको छ ।