एजेन्सी
मंगलबार, कार्तिक ५, २०७६
581

लन्डन-शीर्ष धनी १० प्रतिशतमा पहिलो पटक अमेरिकी भन्दा चिनियाँको संख्यामा बढी भएको छ ।
क्रेडिट स्वीसले सार्वजनिक गरेको प्रतिवेदनमा चीनमा धनको मात्रामा वृद्धि भइरहेको देखाएको छ । विश्वका शीर्ष १० प्रतिशत धनीमा चीनमा मात्रै १० करोड रहेका छन् । यो वृत्तमा अमेरिकामा ९ करोड ९० लाख रहेका छन् ।

मिलिनियरको (१० लाख भन्दा माथि) मामिलामा अझैपनि अमेरिका शीर्ष स्थानमा रहेको छ । यो मामिलामा अमेरिकामा १ करोड ४६ लाख अर्थात विश्वको कुलको ४० प्रतिशत रहेको छ । चीनमा ४४ लाख मात्रै मिलिनियर रहेका छन् ।
अभैmपनि औसत अमेरिकी चिनियाँ समकक्षिको तुलनामा धनी रहदै आएका छन् । एक औसत वयष्क अमेरिकीको सम्पत्ति ४ लाख ३२ हजार ३६५ डलर रहेको छ भने चिनियाँको ५८ हजार ५४४ डलर मात्रै रहेको छ ।
तर यो चार्टमा चिनियाँको वृद्धिले गती लिइरहेको छ । यो मुलुकले विश्वव्यापी सम्पत्ति वृद्धिको प्रमुख इन्जिनमा युरोपलाई विस्थापित गर्न थालेको छ । देशको अर्थतन्त्रमा प्रभाव पार्ने व्यापार युद्धका बावजुद चिनियाँको सम्पत्तिमा वृद्धि भइरहेको छ ।
“व्यापारको अवस्था र ऋणको तह चिन्ताको विषय भएको छ । तर आगामी वर्षहरु भने सकारात्मक हुनेछ,’’ क्रेडिट स्वीसले आप्mनो वार्षिक समृद्धि प्रतिवेदनमार्फत भनेको छ ।
विश्वको सम्पत्ति सीमित व्यक्तिहरुमा थुप्रिन थालेको पनि प्रतिवेदनले जनाएको छ । पुछारमा रहेका ५० प्रतिशत वयष्कको सम्पत्ति कुल सम्पत्तिको १ प्रतिशत भन्दा पनि कम रहेको छ । शीर्ष १० प्रतिशतले ८२ प्रतिशत सम्पत्ति ओगटेका छन् । शीर्ष १ प्रतिशतमा रहेकाले मात्रै पनि विश्वव्यापी सम्पत्तिको झन्डै आधा हिस्सा ओगटेको क्रेडिट स्वीसले जनाएको छ ।

 


सातामा धेरै पढिएको