एजेन्सी
बिहिवार, आश्विन ३०, २०७६
882

बेइजिङ-हालै मात्र चीनको तियानजिन प्रान्तमा पाँचौ चाइना हेलिकप्टर एक्सपोजिसनको आयोजना गरिएको ण्छ । यसमा चीनको भविष्यको कैयौ कन्सेप्ट एभिएसन प्रोडक्सनको झलक सार्वजनिक रुपमा प्रस्तुत गरिएको छ । यो प्रदर्शनीमा सबैभन्दा धेरै चर्चा चीनको उडनतस्तरीको भएको छ । चीनले अनआइडेन्फिाई प्mलाईङ अब्जेक्ट (यूएफओ) को प्रोटोटाइप बनाएको छ । जुन हेर्दा उडनतस्तरी जस्तो देखिन्छ ।
वास्तवमा चीनको यो उडनतस्तरी एक आक्रमणकारी हेलिकप्टर हो र यसको प्रोटोटाइप तयार गरिएको छ । चिनियाँ पत्रिका ग्लोबल टाइम्सका अनुसार यो प्रोटोटाइप मोडलले २०२० मा उडान भर्नेछ । यूएफओ जस्तो देखिने यो आक्रमणकारी हेलिकप्टरको नाम सुपर ग्रेट ह्वाइट शार्क राखिएको छ ।

७.६ मिटर लामो र २.८५ मिटर चौडा यो हेलिकप्टरमा ब्लेन्डेड विन्ड बडी डिजाइन दिइएको छ । यसको चारैतर्फ एक गोलो घेरा राखिएको छ र यसको ककपीट बीचमा रहेको छ । उपलव्ध जानकारीका अनुसार यसको रिङको भित्र ४.९ मिटर डायमिटरको कोएक्सल रोटर सिस्टम राखिएको छ । चीनले यो सैन्य हेलिकप्टर भएको दावी गरेको छ । यसको प्रयोग भविष्यमा युद्धको समयमा मैदानमा गर्न सकिन्छ ।
यो हेलिकप्टरमा दुईवटा बोर्जेट इन्जिन राखिएको छ । जसले गती बढाउने काममा सहयोग गर्नेछ । यसको ककपिटमा दुई पाइलट बस्न सक्छन् । यसको वजन ६००० किलो हरेको छ । यसको उच्च गती ६५० किमी प्रतिघन्टा रहेको छ । यसको क्लाइम्ब दर १६.५ मिटर प्रति सेकेन्ड रहेको छ । यो केबल १८ हजार फिटको उचाइसम्म उड्न सक्छ । कम्पनीले यसलाई राडर छल्नका लागि विशेष कोटिङ गरेको छ । समाचारका अनुसार चीनको यो यूएफओ पनि अमेरिकाको एएच–६४ अपाचे सीएच–५३ सी स्टालिन तथा रुसको केए–५२ तथा एमआई–२६ कप्टर्सको नक्कल हो ।
यसलाई पहिले १९५० मा अमेरिकी कम्पनी एभी रोले यस्तै देखिने खालको विमान बनाएको थियो । यसको परिक्षण अमेरिकी सेनाले गरेको थियो । तर उक्त विमानले परिक्षणको अवधिमा अधिकतम ५६ किमी प्रति घन्टाको रप्mतार मात्रै लिएको थियो ।


सातामा धेरै पढिएको