एजेन्सी
बुधवार, आश्विन २९, २०७६
499

वासिङटन-विश्वमा ५ वर्ष भन्दा कम उमेरका करिब ७० करोड बच्चाको एक तिहाई कुपोषित तथा मोटोपनासँग संघर्ष गरिरहेका छन् । मंगलबार सार्वजनिक संयुक्त राष्ट्र संघको प्रतिवेदनमा विश्वमा ८० करोड भन्दा बढी मानिस भोकमरीबाट पीडित भएको उल्लेख छ ।
युनिसेफकी कार्यकारी निर्देशक हेनरिटा फोरेले स्टेट अफ द वल्र्ड चिल्ड्रन शीर्षक प्रतिवेदन जारी गर्दै भनेकि छन्,“मानिसले स्वस्थ रहनका लागि राम्रो खानपानको लडाइ हारेका छन् । १९९९ पछि आएको यो प्रतिवेदनका अनुसार विश्वभरीमा पाँच वर्ष भन्दा कम उमेरका बच्चा मध्ये करिब आधा बच्चालाई भिटामिन र खनिज उपलव्ध हुन सकेको छैन ।’’

विगत ३ दसकमा बच्चामा हुने कुपोषणको अर्को रुप मोटोपनाको रुपमा पनि हेर्न सकिन्छ । यद्यपि १९९० देखि २०१५को बीच गरिब देशमा बच्चा पुड्को हुने अवस्थामा ४० प्रतिशतले गिरावट आएको छ । यती मात्रै होइन कि ४ वर्ष वा यो भन्दा कम उमेरका १४ करोड ९० लाख बच्चाको उचाई अझैं पनि आफ्नो उमेरको दृष्किोणबाट सानो रहेको छ । संयुक्त राष्ट्र संघको आंकडा अनुसार ४० प्रतिशत खाना खेर गइरहेको छ ।
ग्लोबल हंगर इन्डेक्स अर्थात् विश्वव्यापी भोकमरी सूचकका अनुसार भारतको अवस्थामा थप गिरावट आएर १०२ औं स्थानमा कायम भएको छ । यो सूचीमा केबल ११७ देश मात्रै रहेका छन् । पाकिस्तान यो सूचीमा ९४ औं स्थानमा रहेको छ । कुपोषण, शीशु मृत्यू दर, चाइल्ड भेस्टिङ तथा बच्चाको वृद्धिमा आउने गिरावट चार तत्वको आधारमा यो सूची तयार पारिएको हो । यो सूचीमा नेपाल ७३ औं स्थान, म्यानमार ६९ औं, श्रीलंका ६६ औं र बंगलादेश ८८ औं स्थानमा रहेका छन् । सूचीमा चीन २५ औं स्थानमा रहेको छ ।