एजेन्सी
मंगलबार, आश्विन २८, २०७६
308

वासिङटन-विश्वकै मूल्यवान कम्पनीमा एप्पलले माइक्रोसफ्टलाई उछिनेको छ । उपभोक्ता विद्युतीय सामग्री कम्पनीको सेयर मूल्यमा बिहीबार ४ प्रतिशतले वृद्धि भएपछि एप्पलको बजार पुँजीकरण ९१६ अर्ब डलर पुगेको छ । यो बजार पुँजीकरण माइक्रोसफ्ट को ९०८ अर्ब डलरको तुलनामा बढी हो ।
२०१८ को अगस्टमा एप्पलको बजार पुँजीकरा १० खर्ब डलर पुगेको थियो ।

नीडहामले बिहीबार एप्पलको सेयरलाई खरिदबाट बलियो खरिदमा अद्यावधिक गरेको छ । एप्पलको हार्डवेयर, सफ्टवेयर र सेवाको चक्रलाई आधार मान्दै नीडहामले एप्पलको सेयरलाई यो अद्यावधिक गरेको हो । ३०० स्मार्टफोन प्रयोगकर्ताका आधारमा यो नतिजा सार्वजनिक गरिएको हो । यो लगानी कम्पनीले मूल्य ट्यागलाई १८० बाट २२५ डलरमा पु-याएको छ । हाल एप्पलको सेयर मूल्य १९४ मा कारोबार भइरहेको छ ।
यद्यपि एप्पलले चुनौतीको पनि सामना गरिरहेको छ । कम्पनीको खुद आम्दानी गत त्रैमासमा ५ प्रतिशतले ओरालो लागेर ८४.३ अर्ब डलर मात्रै कायम भएको छ । कम्पनीले आम्दानी ८९ देखि ९० अर्ब डलरको बीचमा रहेन प्रक्षेपण गरेको थियो  । आईफोनको बिक्रीमा आएको गिरावटका कारण एप्पलको आम्दानी ओरालो लागेको हो । आईफोनको बिक्रीमा १५ प्रतिशतको गिरावट आएको छ । पुरै चीनमा कम्पनीको आम्दानीमा २७ प्रतिशतको गिरावट आएको छ भने जापान र युरोपमा पनि यसको कुल कारोबारमा गिरावट आएको छ ।
गत त्रैमासमा माइक्रोसफ्टको बिक्रीमा १२ प्रतिशतको वृद्धि भएको थियो भने सञ्चालन आम्दानीमा १८ प्रतिशतले वृद्धि भएको छ ।

 


सातामा धेरै पढिएको