एजेन्सी
मंगलबार, आश्विन २८, २०७६
373

वासिङटन र बेइजिङबीच चलेको लामो समयको व्यापार युद्धले चिनियाँको तुलनामा अमेरिकी अर्थतन्त्र नराम्ररी प्रभावित हुने प्रभावशाली चिनियाँ अर्थशास्त्री विजियान शानले बताएका छन् ।
“व्यापार युद्धमा दुवै पक्षले गुमाउछन् । तर संख्या र प्रतिशतका आधारमा चिनियाँ पक्षको तुलनामा अमेरिकी पक्षमा बढी क्षति हुनेछ,’’ पीएजीका शानले बताए । यो कम्पनीको चीन र हङकङमा झन्डै ३० अर्ब डलरको सम्पत्ति रहेको छ ।

“यसको अर्थ चिनियाँ अर्थतन्त्रमा मात्रै कठोर किसिमको क्षति हुदैन भन्ने होइन । विगत १५ महिनाको अवधिमा चीनको व्यवसायीक मनोबल विशेष किसिमबाट नराम्ररी प्रभावित भएको छ,’’शानको भनाई थियो ।
ट्रम्पले शुक्रबार चीनले अमेरिकी कृषि उत् पादन खरिद गर्ने प्रतिबद्धता जनाएको र बौद्धिक सम्पत्तिको विषयमा सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेको बताएका थिउ । अमेरिकी पक्षले पनि मंगलबारदेखि कार्यान्वयनमा आउने शुल्क वृद्धि रोक्ने विषयमा सहमती जनाएको छ ।
सोमबार बिहान ट्रेजरी सेक्रेटरी सटिभन मुनचिलने सम्झौताको अवस्थाको बारेमा प्रत्यक्ष रुपमा टिप्पणी गर्न अस्वीकार गरेका थिए । तर यो सिद्धान्तमा आधारभूत सम्झौता भएको उनले बताए । उनले पहिलो चरण बन्द हुने बताए । तर यसो नभएमा चिनियाँ सामग्रीमा नयाँ चरणको शुल्क मध्य डिसेम्बरदेखि कार्यान्वयनमा आउने उनले बताए ।
“उनीहरु एक सहमतीमा पुगेका छन् । तर विस्तृतमा नकारात्मक पक्ष पनि रहेको छ । त्यसैले उनीहरुले विस्तृतमा काम गर्नुपर्छ र कागजातमा सहमती जनाउनु पर्छ,शानले बताए ।

 


सातामा धेरै पढिएको