एजेन्सी
बुधवार, आश्विन १, २०७६
573

सिंगापुर-चिया पिउनु नेपालीहरुको दिनचर्यानै भइसकेको छ । तर यसको हानी–नोक्सानीको बारेमा हामी अझैँ  अनविज्ञनै रहेका छन् । नेशनल युनिभर्सिटी अफ सिंगापुरका शोधकर्ताले चियाले दिमाग सक्रिय र संगठित हुने पत्ता लगाएका छन् । यसका शोधकर्ताले ६० वा सो भन्दा माथिका ३६ मानिसको न्यूरेइमेजिङको बारेमा गरेको अनुसन्धानका आधारमा यो निश्कर्ष निकालिएको हो । यो अध्ययन एजिङ पत्रिकामा प्रकाशित भएको हो । चिया पिउने मानिसको दिमागको प्रत्येक हिस्सा चिया नपिउनको तुलनामा राम्रो ढंगले संगठित भएको उनीहरुले पाए ।
दिमागको प्रत्येक हिस्सा व्यवस्थित रहनु स्वस्थ संज्ञानात्मक क्रिया (कग्निटिभ एक्टिभिटि) सँग सम्बन्धित रहेको छ । सोझो रुपमा भन्नु पर्दा सिक्ने, जान्ने, सोच्न, निर्णय लिने, ध्यान लगाउने तथा सम्झने शक्तिमा चिया पिउने मानिसम बढी देखिएको छ ।

युनिभर्सिटीका सहायक प्राध्यापक तथा टीम लीडर फेङ लेइले भनेका छन् ,“हाम्रो नतिजाले मस्तिष्कको ढाँचामा चिया पिउनाले हुने सकारात्मक योगदानको पुष्टि गरेको छ । चिया पिउनाले उमेरका कारण हुने क्षतिमा कमी आएको हाम्रो अध्ययनले देखाएको छ ।’’
सबै सहभागी सिंगापुरकै थिए । उनीहरुलाई कालो चिया, ग्रीन टी, उलुङ टी वा कफि कति पटक पिउनु हुन्छ भनेर सोधिएको थियो । जो मानिस २५ वर्षसम्म साताको कम्तीमा पनि ४ पटक चियाँ पिउने गरेको देखिएको छ । उनीहरुको दिमाग चिया नपिउनेको तुलनामा धेरै कनेक्टेड थियो । डा. फेङ लीले चिया पिउनाले दिमागको संरचनामा सकारात्मक प्रभाव पर्ने बताएका छन् ।