एजेन्सी
बुधवार, आश्विन १, २०७६
529

वासिङटन-अमेरिकी राष्ट्रपति चुनाव अगावै आप्mनो प्रशासनले चीनसँग व्यापार सम्झौता गर्न सक्ने राष्ट्रपित डोनाल्ड ट्रम्पले बताए का छन् । मतदाताले भोट हालेको एक दिनपछि पनि सम्झौता हुन सक्ने उनले बताए । न्यू मेक्सिकोबाट क्यालिफोर्नियाको यात्रा गर्नुभन्दा अगाडिको समयमा उनले यस्तो बताएका हुन् । बेइजिङलाई पनि आपैmले चुनाव जित्ने जस्तो लागेको उनले बताए । तर चिनियाँ अधिकारीले अन्य कोहीसँग व्यापार सम्झौता गर्न रुचाएको उनले बताए ।
यदी २०२० को ३ नोभेम्बरको चुनावपछि यो सम्झौता भयो भने यो झनै कडा शर्तमा हुने र जुन हाल भइरहेको उनले बताए । “मलाई लागिरहेको छ कि चुनावको १ दिन अगाडि वा १ दिन पछाडि सम्झौता हुन सक्छ,’’ उनले बताए । यदी चीनसँग चुनावपछि सम्झौता भयो भने यो सबैभन्दा ठूलो सम्झौता हुने धारणा उनको थियो । यस किसिमको सम्झौता यो भन्दा पहिले कहिले पनि नदेखिएको जस्तो हुने र यो चीनले पनि बुझेको उनले बताए ।

“उनीहरुलाई लागेको छ कि मै चुनाव जित्छु । चीनलाई लागेको छ कि म सहजै चुनाव जित्छु र उनीहरु चिन्तित छन्,’’ उनले बताए । यो सम्झौता चुनावपछि भयो भने हालको तुलनामा धेरै खराब हुने उनले बताए ।
“चीनले अन्य कोहीले चुनाव जितेको हेर्न चाहेको छ,’’उनको भनाई थियो ।
अमेरिका–चीनबीच हुने वार्ताको उद्देश्य भनेको अक्टोबरको सुरुवातमा विश्वका दुर्य ठूला अर्थतन्त्रबीच विगत १४ महिनादेखि चलिरहेको व्यापरा युद्धबाट बाहिर आउने बाटो खोज् नु रहेको छ । अमेरिका–चीनबीच चलेको व्यापार युद्धका कारण अमेरिकाले चिनियाँ सामग्रीमा ठूलो परिमाणको भन्सार शुल्क लगाएको छ । जसको असर अमेरिकी बजारमा पनि देखा परेको छ ।