एजेन्सी
मंगलबार, भदौ ३१, २०७६
747

वासिङटन-बोइङले आगामी २० वर्षका लागि चीनबाट हुने विमानको मागको प्रक्षेपण बढाएको छ । यो विष्फोटक रुपमा रहेको चिनियाँ हवाई यात्राको मागमा आधारित भएर गरिएको हो । तर नयाँ विमानको मागको वृद्धि भने विमान निर्माताको गत वर्षको तुलनामा सुस्त हुने बताइएको छ ।
२०३८ सम्म चिनियाँ विमान सेवा कम्पनीहरुका लागि ८ हजार ९० नयाँ विमानको आवश्यकता पर्नेछ । यो गत वर्षको बोइङको प्रक्षेपण भन्दा ५.२ प्रतिशतले बढी हो । यी विमानको मुल्य सूची मूल्यमा आधारित हुने हो भने १३ खर्ब अमेरिकी डलर बराबरको हो ।

गत वर्ष चीनका लागि नयाँ विमानको मागमा ६.२ प्रतिशतले वृद्धि भएर २०३७ सम्ममा ७ हजार ६९० पुग्ने बोइङको प्रक्षेपण थियो ।
“मध्यम वर्गमा भएको वृद्धि, पूर्वाधारमा भएको ठूलो लगानी र आधुनिक प्रविधिले विमानलाई थप सक्षम र क्षमतावना बताएको छ । यसले हवाई यात्राको व्यापक मागलाई निरन्तर बढाइरहेको छ,’’ बोइङको व्यापारिक विमानतर्फका उपाध्यक्ष ¥यान्डी टिनसेठले बताए ।
बोइङ र युरोपेली प्रतिद्वन्दी एयरबस चीनमा आप्mने बजार हिस्सा बढाउनका लािग कसरत गरिरहेका छन् । चीन विश्वकै तीव्र वृद्धिको उड्डयन बजार हो । यो मुलुकमा बोइङ र एयरबस दुवै आप्mनो एसेम्बली प्लान्ट खोल्न गइरहेका छन् ।
तर बोइङको ७३७ म्याक्सको विश्वव्यापी ग्राउन्डिङले चीनमा बोइङको क्षमतामा कमी आएको छ । दुई ठूला दुर्घटनापछि बोइङको ७३७ म्याक्सको विश्वव्यापी ग्राउन्डिङ भएको थियो ।
आगामी २० वर्षको अवधिमा ५ हजार ९६० नयाँ सिंगल एसले विमानको आवश्यकता पर्ने प्रक्षेपण बोइङको छ । यसको ७४ प्रतिशत नयाँ आपूर्ति हुनेछ । चीनको वाइड बडीका लागि १ हजार ७ सय ८० नयाँ विमान चाहिने देखिएको छ ।
यो अवधिमा चीनका लागि १६ खर्ब डलरका व्यापारिक प्रयोजनका विमान आवश्यक पर्ने बोइङले जनाएको छ ।