एजेन्सी
मंगलबार, भदौ ३१, २०७६
368

वासिङटन-सप्ताहन्तमा साउदी अरेबियाको तेल उद्योगमा भएको आक्रमणको जवाफ दिनका लागि आपूm नहतारिने अमेरिकी राष्ट्रपति ट्रम्पले बताएका छन् ।
शनिबार अबकेक र नजिकैको तेल क्षेत्रमा आक्रमण भएको थियो । यसले दैनिक ५७ लाख व्यारेल कच्चा तेलको उत्पादन तथा साउदीको समग्र तेल उत्पादनको ५० प्रतिशत भन्दा बढी उत्पादनमा गिरावट आएको थियो । यो घटनासँगै ब्रेन्ट कच्चा तेलको मूल्यमा वृद्धि भएको छ । यो इतिहासकै ठूलो वृद्धि हो ।

“हाल निश्चित रुपमा यस्तो देखिएको छ,’’ कतै इरानले त यो आक्रमण गराएको होइन भन्ने प्रश्नको जवाफमा उनले यस्तो बताए । “म कसैसँग युद्ध चाहन्न । तर, हामी अन्यको तुलनामा तयारी अवस्थामा छौ । हामीसँग प्रशस्त विकल्प छन् । तर हामीले तत्कालका लागि विकल्प सोचेका छैनौ,’’ उनले बताए ।
“यो धेरै ठूलो आक्रमण हो । र हाम्रो मुलुकबाट सहजै रुपमा ठूलो आक्रमण हुन सक्छ । तर पहिले हामी पत्ता लगाउने खोज्दै छौ कि यो आक्रमण कसले गरायो,’’ उनले थपे ।
इरानी राष्ट्रपति हसन रौहानीले सोमबार अरामकोमा भएको आक्रमण यमन बिरुद्धको आक्रोशको प्रतिशोधपूर्ण जवाफ भएको बताएका थिए ।
साउदी नेतृत्वको सैन्य गठबन्धनले आक्रमण इरानी हतियारबाट भएको बताएको छ । यो यमनबाट नभएको दावी उनीहरुको छ ।
आइतबार ट्रम्पले आपूmहरु बन्द र भरिएको अवस्थामा भएको बताएका थिए । उनको पछिल्लो अभिव्यक्ति आइतबारको भनाईसँग मिल्दोजुल्दो देखिएको छैन ।
ट्रम्पले अमेरिकाको तेल माग पुरा गर्नका लागि रणनीतिक पेट्रोलियम भण्डारबाट निकाल्नका लागि आपूm अधिकार सम्पन्न भएको बताएका छन् ।