एजेन्सी
बुधवार, भदौ २५, २०७६
566

वासिङटन-चीनले अमेरिकासँगको व्यापार युद्ध जित्ने र अमेरिकी प्रविधिमा रहेको निर्भरता हटाउने एक रणनीतिकारले बताएका छन् ।
“चीनले फेरी कहिले पनि अमेरिकालाई विश्वास गर्नेछैन र साता वर्षको अवधिमा प्रविधिमाथिको स्वंय निर्भरता हासिल गर्छ,” इन्डिपेन्डेन्ट स्ट्राटेजीका अध्यक्ष र विश्वव्यापी रणनीतिकार डेभिड रोचले बताए ।

परम्परागत रुपमा चीनले प्रमुख प्रविधि कम्पोनेन्टहरु जस्तै चिप्स र सफ्टवेयरका साथसाथै मोडेम र जेट इन्जिनमा अमेरिकी आपूर्तिमा निर्भर रहदै आएको छ । तर पछिल्लो विकासक्रमले दुवै पक्षको व्यवसायमा नराम्ररी असर पारेको छ ।
मे महिनामा चिनियाँ प्रविधि कम्पनी हुवावेलाई अमेरिकको कालोसूचीमा समावेश गरिएको थियो । स्वीकृती नपाएको अवस्थासम्म यो कम्पनीलाई अमेरिका निर्मित चिप्स र सफ्टवेयरको खरिद गर्नबाट प्रतिबन्ध लगाइएको छ । केही अमेरिकी मोबाइल नेटवर्कले पनि हुवावे गियर प्रयोग गर्दै आएका छन् । अन्य अमेरिकी कम्पनीहरुले पनि हुवावेलाई कालो सूचीमा राख्नाले आफ्नो आम्दानी प्रभावित हुने बताएका छन् ।
अल्फाबेटको गुगलले पनि हुवावेसँगको सबै व्यवसायीक गतिविधि रोकेको छ । यसको अर्थ हुवावेको आगामी फोनमा गुगलको एन्ड्रोइट अपरेटिङ सिस्टम हुनेछैन ।
यसैबीच चीनले आफ्नै प्रविधि उद्योगको स्थापनालाई जोड दिँदै आएको छ ।
सरकार नेतृत्वको ‘मेड इन चाईन २०२५ इनिसियटिभ’को मातहतमा चीनले आफूलाई आवश्यक पर्ने सेमिकन्डक्टर २०२० सम्ममा ४० प्रतिशत र २०२५ सम्ममा ७० प्रतिशत उत्पादन गर्ने देखिएको छ ।
हाल चीनमा प्रयोग भएका १६ प्रतिशत सेमिकन्डर मात्रै प्रयोग भइरहेको छ ।