एजेन्सी
मंगलबार, भदौ २४, २०७६
2846

नयाँ दिल्ली-एकातरि भारत चन्द्रमामा जाने सोच बनाइरहेको छ भने अर्कोतर्फ एक्सपाट इनसाइडरको एक सर्भेमा भारत विश्वकै पाँचौ सर्वाधिक खतरनाक देश भएको छ । यो सर्भे आफ्नो मुलुक छोडेर विदेशमा बस्ने र वाहाँ काम गर्ने मानिसको अन्तर्वार्ताको आधारमा तयार पारिएको हो ।
यो सूचीमा भारत र पाकिस्तान जस्ता मुलुकहरुको नाम त्यती अन्तरमा रहेका छैनन् । सूचीमा भारतका अतरिक्त अन्य देशको नाम पनि समावेश छ । सूचीको पहिलो स्थानमा ब्राजिल, दोस्रोमा दक्षिण अफ्रिका, तेस्रोमा नाइजेरिया तथा चौथोमा अर्जेन्टिना रहेका छन् । यी देशको सूचीमा भारत पाँचौ स्थानम रहेको छ ।

यो सर्भे विश्वका ६४ देशमा पलायत भएका नागरिकमा गरिएको हो । आफ्नो देश छोडेर ६४ अन्य देशमा बस्ने तथा काम गर्ने २० हजार २५९ नागरिकमा यो सर्भे गरिएको हो । सर्भेमा सहभागी हुने मानिसले सुरक्षालाई सर्वाधिक ठूलो मुद्धा बनाएका छन् ।
सर्भेमा मानिससँग सोधिएको प्रश्नलाई तीन भागमा विभाजित गरिएको थियो । जुन शान्ति, व्यक्तिगत सुरक्षा तथा राजनीतिक स्थायित्वमा आधारित छ । यी देशबाट निक्लेर अन्य देशमा बस्ने धेरैजसो मानिसले मनमा भएको डरका कारण उनीहरुले पलायन हुनु परेको बताएका छन् ।