एजेन्सी
बुधवार, भदौ ४, २०७६
906

वासिङटन-अमेरिकी रक्षा विभागले ताइवानलाई सम्भावित रुपमा ८ अर्ब डलरको एफ–१६ लडाकु विमानको सम्भावित बिक्री पारित गरेको प्रतिरक्षा सेक्यूरिटी कर्पोरेसन एजेन्सीले कंग्रेसलाई गराएको आधिकारिक जानकारीमा उल्लेख छ ।
सम्भावित ६६ विमान, ७५ जनरल इलेक्ट्रिकका साथै अन्य प्रणालीको सम्भावित सम्झौता हुन सक्ने एजेन्सीले विज्ञप्तिमार्फत जनाएको छ ।

चीनले पहिलेनै बिक्रीको बारेमा आलोचना गरिसकेको छ । चीनले आफ्नो भू–भाग भएको बताउदै आएको ताइवानका लागि अमेरिकाले गर्न लागेको यो हालसम्मकै ठूलो बिक्री हो । चीनले नखुलाइएको विशेष प्रतिक्रियात्मक प्रतिक्रिया दिने चेतावनी दिएको छ ।
सिनेटका विदेश सम्बन्ध समितीका अध्यक्ष जीम रिस्चले लकहिड मार्टिनको एफ–१६ जेटको प्रस्तावित बिक्रीको स्वागत गरेका छन् ।
“यी लडाकु विमानहरु ताइवानलाई उसको संप्रभुको प्रतिरक्षा गर्नका लागि सक्षम बनाउने मानिएको छ,” उनले बताए ।
विदेश मन्त्री माइक पोप्यिोले डोनाल्ड ट्रम्पले गत साता यो बिक्रीका बारेमा कंग्रेसलाई सूचित गरिसकेको बताएका छन् ।
यो विगतका अमेरिकी नीतिको निरन्तरता भएको पोम्पियोले बताए ।
यो बिक्रीले ताइवानको नयाँ वायु सेनाका लागि सहयोग गर्ने र उसको आफ्नो हवाई प्रतिरक्षा क्षमता बढाउने राष्ट्रपति टिसाइ इङ वेनल ताइपेइमा बताइन् ।