एजेन्सी
बुधवार, भदौ ४, २०७६
988

बेइजिङ-चीन र रुसले संयुक्त रुपमा विकास गरेको लामो दुरीको यात्रु विमान निर्धारित समयमा नआउने देखिएको छ ।
चीन र रुसका राज्य स्वामित्वका कम्पनीहरुले २०१४ देखि संयुक्त रुपमा वाइड बडी जेटका लागि काम गरिरहेका छन् । यो विमान सुरुमा २०२५ सम्ममा आई पुग्ने लक्ष्य निर्धारण गरिएको थियो ।

रुसको युनाईटेड एयरक्राफ्ट कर्पोरेसन (यूएसी) र कमर्सियल एयरक्राफ्ट कर्पोरेसन अफ चाइन (कोम्याक) ले सीआर ९२९ को विकास गरिरहेका छन् । यो लामो दुरीको विमानमा २५० देखि ३२० सम्मको सीट हुनेछ । यो वाइड बडी विमानमा दुई वटा इन्जिन रहने छ । यो सहकार्यको मुख्यालय सांघाईमा रहेको छ । यो सीआएसीआईसीको नामबाट सञ्चालनमा आइरहेको छ ।
यो विषयमा यूएसी र कोम्याकले कुनै टिप्पणी गरेका छैनन् ।
गत वर्ष बोइङले अमेरिकापछि विश्वकै दोस्रो ठूलो रहेको चिनियाँ नागरिक उड्ययन बजार आगामी केही दसकसम्म ७ हजार ६९० विमानले वृद्धि हुने जनाएको छ । खुकुलो अनुमानका अनुसार यसको व्यवसाय १२ खर्ब डलरको हुने अनुमान बोइङको रहेको छ ।
सीआर ९२९ ले बढ्दो उड्ययन बजारको केही हिस्सा आफ्नो पक्षमा पार्ने र विशेषगरी हाल बोइङको ७८७ र एयरबसको ए–३५०ले ओगटेको लामो दुरीको रुटलाई केन्द्रीत गर्ने उल्लेख छ
यी फर्महरुले २०१८ को नोभेम्बरमा चीनका झुहाई एयरशोमा विमानको पूर्ण आकार संयुक्त रुपमा सार्वजनिक गरेका थिए । उक्त समयमा कोम्याकले पहिलो उपभोक्तालाई २०२५ मा विमानको आपूर्ति गर्ने उल्लेख गरेको थियो । तर यूएसीले यो वर्षको जुनमा २०२७ सम्ममा पहिलो विमानको आपूर्ति नहुने बताएपछि उक्त समयसीमा शंकाको घेरामा परेको हो ।
सीआरएआईसी कार्यक्रमका निर्देशक सि कानजुले यो वर्षको फेब्रुअरीमा यो ढाँचाको विमान २०२० को सुरुमा पूर्ण गर्नुपर्ने बताएको थियो ।