एजेन्सी
आइतवार, श्रावण २६, २०७६
2834

बेइजिङ-आगामी साताहरुमा चीनले अमेरिकी कच्चा तेलको आयातलाई नाटकिय रुपमा घटाउन सक्ने चेतावनी उर्जा विश्लेषकहरुले दिएका छन् । विश्वका दुई ठूला अर्थतन्त्रबीचको व्यापार युद्धको ज्वाला थप उचालिएपछिको समयमा उनीहरुको यस्तो चेतावनी सार्वजनिक भएको हो ।
अमेरिका–चीनबीचको जस्तलाई त्यस्तै शुल्क विवादले तेलको मूल्य पहिलेनै ओरालो लागिसकेको छ । कठोर किसिमको विश्वव्यापी सुस्त आर्थिक वृद्धि र सम्भावित अमेरिकी मन्दीका कारण तेलको मूल्य ओरालो लागेको हो ।

बुधबारको कारोबार अवधिमा कच्चा तेलको मूल्य सात महिनाकै न्यून विन्दुमा ओर्लिएको थियो ।
केही समय अगाडि मात्रै रास्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले बेइजिङसँगको विवादलाई फेरी उठाएको थियो । ट्रम्प प्रशासनले चीनको बिरुद्धमा सेप्टेम्बर १ बाट नयाँ शुल्क लगाउने चेतावनी दिएको छ ।
त्यसयता अमेरिकाले चीनलाई मुद्रा तोडमोडको आरोप लगाएको छ । १ दसक भन्दा बढीको अवधिमा डलरसँगको विनिमयमा युआन न्यून विन्दुमा ओर्लिएको थियो ।
यसको प्रतिक्रिया स्वरुप चीनले अमेरिकी तेल आयातलाई निशाना बनाउन सक्ने अपेक्षा उर्जा विश्लेषकहरुले गरेका छन् ।
“न्यून मात्रै आयात भइरहेको तेल विस्तारै ओरालो लाग्ने र पूर्ण प्रतिबन्धमा पुग्न सक्ने मलाई लागेको छ,”पीभीएम आयल एसोसियट्सका तेल विश्लेषक स्टेफेन ब्रेनोकले बताए ।
चिनियाँ खरिदकर्ताहरुले हालै मात्र अमेरिकी कच्चा तेलको खरिदप्रतिको रुची कम गरेका छन् । मे महिनामा प्रति दिन आयात ९ महिनाकै उच्च अर्थात २ लाख ४७ हजार व्यारेल पुगेपछिको समयमा नउीहरुको यस्तो प्रतिक्रिया आएको ईआईएले जनाएको छ ।
व्यापार विवादमा देखिएको पछिल्लो तनावले यो प्रवृत्तीले अवस्था विपरित हुन सक्ने ब्रेनोकले बताएका छन् ।