कारोबार संवाददाता
आइतवार, श्रावण २६, २०७६
2031

वासिङटन-आईएचएस मार्किटको विश्वकै ठूला स्मार्टफोन निर्माताको सूचीमा अमेरिकी प्रविधि कम्पनी एप्पल अब चौथो स्थानमा ओर्लिएको छ । यो वर्षको दोस्रो त्रैमासिक अवधिमका एप्पल बिक्रीका आधारमा चौथो स्थानमा ओर्लिएको हो ।
एप्पल हाल सामसङ, हुवावे र ओप्पो भन्दा पछाडि परेको छ । ओप्पो पश्चिमा मुलुकमा कमै मात्रै सुनिदै आएको छ ।

एप्पलले जुनको अन्त्यसम्मको तीन महिनाको अवधिमा ३ करोड ५३ लाख आईफोन ढुवानी गरेको आईएचएसले जनाएको छ । यो स्मार्टफोन बजारको ११ प्रतिशत हो । एप्पल ३ करोड ६२ लाख फोन ढुवानी गरेको ओप्पो भन्दा पछाडि परेको हो ।
अमेरिकामा समस्या व्यहोरे बावजुद सामसङ र हुवावको ढुवानी क्रमशः ७ करोड ५१ लाख र ५ करोड ८७ लाख पुगेको छ । यी कम्पनीहरुको विश्वव्यापी बजार हिस्सा क्रमशः २३ र १८ प्रतिशत रहेको छ ।
मार्चसम्मको तीन महिनाको अवधिमा आईफोनको बिक्रीमा कीर्तिमानी गिरावट आएको छ र यो प्रवृत्तीले आगामी त्रैमासहरुमा पनि निरन्तरता पाउने देखिएको छ । अघिल्लो वर्षको तुलनामा आईफोनको बिक्रीमा ११.८ प्रतिशतले गिरावट आएर २६ अर्ब डलर कायम भएको छ ।
एप्पलको समग्र आम्दानीमा आईफोन बिक्रीको हिस्सा आधा भन्दा भन्दा कम रहेको छ । कम्पनीका अन्य उत्पादनहरु जस्तै एप्पल वाचको वृद्धि बढी भएको छ ।
प्रयोगकर्ताले नयाँ फोन लिनुको सट्टा पुरानै फोनलाई निरन्तरता दिएकाले यस्तो हुन गएको विश्लेषकहरुले बताएका छन् । नयाँ मोडलहरु महँगो हुन गएकाले पनि यस्तो भएको हो ।
यस किसिमको अवस्थामा पनि उदीयमान बजारका अन्य मानिसलाई लक्षित गर्नेगरी सस्तो आइफोन ल्याउनका लागि एप्पलले अस्वीकार गरिरहेको छ । यसले गर्दा पनि प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा गर्न नसकेको हो ।
हुवावे टिक्न सफल
अमेरिकाको पछिल्लो व्यापार प्रतिबन्धका बावजुद हुवावेले आफ्नो बिक्रीलाई कायमै राख्न सफल भएको आईएचएसको तथ्यांकले देखाएको छ ।
चीनमा बिक्री बढाउन सफल भएकाले हुवावेको बिक्री टिकाउ भएको आईएचएसका अनुसन्धान र विश्लेषण निर्देशक जुसी होङले बताए ।
“हुवावे अहिलेसम्म अमेरिकी प्रतिबन्धको आधी रोक्न सफल भएको छ,” उनले तथ्यांक सहितको विज्ञप्तिमा उल्लेख गरेका छन् ।
“पहिलो त्रैमासको बलियो भूमिकापछि दोस्रो त्रैमासमा पनि नकारात्मक प्रभावमा टिक्न सक्ने केही स्मार्टफोन मध्ये हुवावे पनि एक हुने देखिएको छ । चीनमा बिक्री बढाएर हुवावेले अन्तर्राष्ट्रिय बिक्रीमा आएको गिरावटलाई रोक्न सक्छ ।”
तर प्रतिबन्धको पूर्ण असर हुवावेले आगामी त्रैमासमा अन्तर्राष्ट्रिय व्यवसायमा पर्न सक्ने सचेत होङले गराएका छन् ।


सातामा धेरै पढिएको