एजेन्सी
सोमवार, असार ३०, २०७६
2415

न्यूयोर्क-अमेरिकामा शनिबार एक ठूलो ब्ल्याकआउट भएको छ । बत्ती जानाले न्यूयोर्कको म्यानहाटन पुरै अध्यारोमा डुबेको छ । अचानक बत्ती जानाले करिब ५० हजार मानिस रातमा अध्यारोमा बिताउन बाध्य भएका छन् । बत्ती जानाले सहरको मेट्रो सेवा पनि प्रभावित भएको छ । याहाँको प्रसिद्ध टाइम्स स्क्वायरको कैयौ होर्डिङ बोर्ड पनि बत्ती नहुनाले बन्द भएको छ । न्यूयोर्कको सबवेले यो विषयको जानकारी गराएको हो ।
यद्यपि अधिकारीहरुको कडा मेहनतपछि बत्ती आएको छ । यो भन्दा पहिले फायर विभागका अधिकारी कन एडिसनले आपूmलाई म्यानहाटको स्टेसन परिसरमा बत्ती गएको खबर प्राप्त भएको बताएका थिए । यसको कारण फेला पारेर रेलको सञ्चालन फेरी सञ्चालन गर्ने कोशिश गरिएको थियो । बत्ती जानुको कारण ट्रान्सफर्मरमा आगो लाग्नाले भएको बताइएको छ ।
बत्ती जानाले मानिसलाई धेरै नोक्सानी भएको छ । कार्यालयहरुमा काम रोकिएको छ भने कैयौ थियटर र म्यूजिकल प्ले अचानक बन्द गर्नु परेको थियो । जसका कारण मानिसहरु अत्यन्त रिसाएका थिए । एक प्रसिद्ध म्यूजिकल प्लेलाईत सडकमै आयोजना गरिएको थियो । मानिसहरुमा रिस र आक्रोस नआओस भनेर यसो गरिएको समाचारमा उल्लेख गरिएको छ ।