वासिङ्टन-विगत केही समययता विश्वभरिबाट विमान दुर्घटनाका यस्ता तस्बिर आएका छन्, जसले सबैलाई अचम्मित पारेका छन् । यस्तै घटनामा एटलान्टाबाट बाल्टिमोरका लागि उडेको विमानमा भएको छ । यो उडानमा डेल्टा एयरलायन्सको विमानको इन्जिनमा आगो लागेको थियो ।
तर, यो घटनाको अचम्म लाग्ने कुरा के छ भने विमानका सबै यात्रु सकुशल रहन सफल भएका छन् । विमानको आपत्कालीन अवतरण भयो र सबै कुनै पनि यात्रुलाई चोटपटक लागेन ।
आवाजपछि सबै यात्री डराएको र विमानमा हलचल पैदा भएको थियो । यसपछि मानिसले इन्जिनमा धूवाँ आइरहेको देखे । यो घटनाको जानकारी क्याबिनमा गराइयो र आपत्कालीन अवतरण गरियो । विमान कम्पनीले उडानमा रहेका यात्रीको पूरा हेरविचार गरेका र उनीहरूलाई खानेकुरा र अन्य सुविधा उपलब्ध गराइएको थियो ।
यस्तै अर्को दुर्घटना पनि भएको छ । क्यानडाको एक विमानमा पनि हुरीले विमानलाई यताउती बनाएपछि ३५ यात्री घाइते भएका छन् । विमान ३६ हजारको फिटको उचाइमा उडिरहेको समयमा विमानलाई हुरीले यताउता बनाएपछि विमानमा रहेका यात्रीको टाउको सिलिङमा ठोकिएको थियो ।