कारोबार संवाददाता
बिहिवार, असार २६, २०७६
2013

वासिङटन-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प या ‘ट्यारिफ राष्ट्रपति’ वा ‘दुई कार्यकालको राष्ट्रपति’ हुन सक्ने एक सार्वजनिक नीतिका विज्ञले बताएका छन् ।
यसले अमेरिका–चीन व्यापार तनावले अमेरिकी अर्थतन्त्रमा कस्तो प्रभाव पार्छ भन्ने विषयलाई कम आकेको छ । तर लगातारको क्षतीले आगामी राष्ट्रपतिय चुनावलाई असर पार्न सक्ने युनिभर्सिटी अफ टेक्साको अस्टिन्ज चाइना पब्लिक पोलिसी सेन्टरका कार्यकारी निर्देशक डेभिड फिरेस्टाइनले बताए ।

यदी ट्रम्पले शुल्क लगाउने कार्यलाई निरन्तरता दिएमा उनले इलेक्टोर गुमाउन सक्ने उनले बताए । यी इलेक्टोरलले २०१६ को चुनावमा ट्रम्पलाई ह्वाइटको हाउसको बाटोका लागि सक्षम बनाएको थियो ।
“उनले अभैmपनि आफ्नो मुख्य क्षेत्रमा लोकप्रिय समर्थन गुमाएका छैनन् । त्यसैले उनले यी क्षेत्रको आर्थिक हितको क्षेत्रमा नोक्सानी पु¥याउन सक्दैनन् र उनी यो क्षेत्रका जनताले अभैmपनि राष्ट्रपतिका लगि सर्वसम्मतीले उनको समर्थन गरुन् । जसरी उनीहरुले ४ वर्ष पहिले गरेका थिए,” फिरेस्टाइनले भने ।
अमेरिकाको भटमासकामे चीनको व्यापार युद्धको शुल्कले किसान र कृषि उत्पादनमा ट्रम्पको आधारमा असर परेको छ ।
यो शुल्कले अमेरिकी कृषि सामग्रीको मूल्य बढेको छ र गत वर्ष अमेरिकी उत्पादकको निर्यात आम्दानीमा ७४ प्रतिशतले गिरावट आएको थियो । अमेरिकी कृषि विभागका अनुसार गत वर्ष भटमास निर्यातको मूल्य घटेर ३.१ अर्ब डलर कायम कायम भएको थियो । यो २०१७ को तुलनामा १२.२ अर्ब डलरले कम हो ।
चीनमाथि ट्रम्पको शुल्कले अमेरिकी उपभोक्ता पनि प्रभावित भएको फिरेस्टाइलने बताए ।
“राष्ट्रपति ट्रम्पले शुल्क बढाएका छन् र यकसो अर्थ उनले अमेरिकी जनतामाथि कर लगाएका छन्,” उनका भनाई थियो ।
अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसन्धानकर्मीहरले यो शुल्क लगभग पुरैनै अमेरिकी उपभोक्तामा सरेको बताएका छन् । यसको अर्थ अमेरिकी उपभोक्ता र उत्पादकहरु ट्रम्पको शुल्क वृद्धिको बोझ खेप्न बाध्य भएको लागेको छ । यो चिनियाँ निर्यातकर्ताका लागि बोझको विषय भएको छैन ।
“ट्रम्पले उनी चिनियाँ राष्ट्रपती सीसँग भेटेपछि आफ्नो लचकता र सीमितताको पहिचान गरेको मलाई लागेको छ,” फिरेस्टाइलने टिप्पणी गरे ।
अमेरिका र चीन २०१८ को मध्यदेखि नराम्रो व्यापार युद्धमा फसेका छन् । गत वर्षदेदि सुरु भएको व्यापार वार्ता व्यापक रुपमा असफल हुदै आएको छ ।
यद्यपि ट्रम्प र सी उनीहरु जी–२० मा भेटेको समयमा वार्ता सुरु गर्नका लागि राजी भएका छन् ।