एजेन्सी
बिहिवार, असार २६, २०७६
571

पेरिस-अमेरिकी विमान निर्माता बोइङलृ यो वर्षको सुरु अर्ध वार्षिक अवधिमा विमानको आपूर्तिमा ३७ प्रतिशतको गिरावट आएको जनाएको छ । दुई भयानक दुर्घटनापछि सर्वाधिक बिक्रीको ७३७ म्याक्स जेट लामो समयसम्म ग्राउन्डेड भएपछि विमानको आपूर्तिमा कमी आएको कम्पनीले जनाएको छ ।
बोइङले जनवररीदेखि जुनसम्मको अवधिमा २३९ विमान आपूर्ति गरेको थियो । यो २०१८ को समान अवधिमा भएको ३७८ जेटको आपूर्तिको तुलनामा ठूलो अन्तरले कम हो ।

गत वर्षको समान अवधिको तुलनामा चालू वर्षको दोस्रो त्रैमासिक अवधिमा आपूर्तिमा ५४ प्रतिशतले गिरावट आएर ९० मात्रै कायम भएको छ । विश्लेषकहरुले कम्पनीको पुरै वर्षको आपूर्ति युरोपेली प्रतिद्वन्द्वी एयरबसको तुलनामा कम हुने अनुमान गरेका छन् । यदी यसो भयो भने विश्वकै ठूलो विमान निर्मातामा ८ वर्षपछि बोइङ एयरबस भन्दा पछि पर्नेछ ।
चालू वर्षको सुरु ६ महिनाको अवधिमा ३८९ विमानको आपूर्ति गरेको एयरबसले जनाएको छ । यो गत वर्षको समान अवधिको तुलनामा २८ प्रतिशतले बढी हो । एयरबसले २१३ अर्डर पाएको छ । यो बोइङको तुलनामा दोब्बरको हाराहारीमा रहेको बोइङले जनाएको छ ।
३४६ मानिसको ज्यान जानेगरी इन्डोनेसिया र इथियोपियामा विमान दुर्घटना भएपछि कुनै समय बोइङको सर्वाधिक बिक्री हुदै आएको ७३७ म्याक्स जेटप्रति केही विमान सेवाहरुको विश्वास डगमगाएको छ । यो विमान केही संख्याका विश्वका केही विमान सेवा कम्पनीहरुले मार्चदेखि ग्राउन्डेड गर्दै आएका छन् ।
सोमबार साउदी अरेबियन बजेट क्यारियर फ्ल्याडिलले बोइङको ७३७ म्याकसका ५० जेटको अर्डर रद्ध गरेको छ । एयरबससँगको सम्झौतातर्फ मोडिदै रद्ध गरिएका यी विमानको मूल्य ५.९ अर्ब डलरको रहेको छ ।
म्याक्स ग्राउन्डेड भएपछि आधिकारिक रुपमा अर्डर रद्ध गर्ने यो विमान सेवा कम्पनी पहिलो भएको छ ।