कारोबार संवाददाता
सोमवार, असार २३, २०७६
521

नेपाल सरकारको अनुमती प्राप्त नहुनाले आइतबार दलाई लामाको जन्मोत्सव कार्यक्रम रद्ध भएको छ । यसलार्य चीनको छिमेकी मुलुकमा उसका बढ्दै गइरहेको प्रभाव मानिउको छ । नेपाल सरकारले यसका पछाडि शान्ति व्यवस्था बिग्रनेको सम्भानवना भएकाले जन्मोत्सव मनाउन नदिएको स्पष्टिकरण दिएको छ ।
नेपालमा करिब २० हजार निर्वासित तिब्बती रहदै आएका छन् । तर चीनको दबावमा वर्तमान कम्युनिस्ट सरकारले तिब्बतीहरुको गतिविधिमा कडा नीति अवलम्वन गर्दै आएको छ । नेपालका वरिष्ठ अधिकारी कृष्ण बहादुर कटुवालका अनुसार शान्ति व्यवस्थामा समस्या उत्पन्न हुन सक्ने भएकाले कार्यक्रमको अनुमती नदिएको बताएका छन् ।
केही समय अगाडि नेपालको केही विद्यालयहरुमा चिनियाँ भाषलाई अनिवार्य गरेर पढाउन समेत थालिएको थियो ।