एजेन्सी
बुधवार, असार ४, २०७६
3622

मस्को-अमेरिका र रुसबीचको सम्बन्धमा दरार आएको समयमा अमेरिकाले कुनै पनि समयमा रुसलाई अन्धकार बनाउन सक्ने खबर बाहिरिएको छ । सुत्रका अनुसार रुसको इलेक्ट्रिक पावर ग्रिडलाई अमेरिकाले ह्याक गर्न सक्छ । यसबाट कुनै पनि समयमा रुसमा विद्युत जान सक्छ । क्रेमलिनले यो विषयमा सोमाबार जानकारी दिएको हो । यद्यपि रुसको सिस्टम यस किसिमको कुनैपनि इलेक्ट्रोनिक हमला रोक्नका लागि पुरै किसिमबाट सक्षम भएको पनि क्रेमलिनले जनाएको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री एस पेस्कोभले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई यो विषयमा कुनै जानकारी नभएको चिन्ता व्यक्त गरेका छन् । न्यूयोर्क टाइम्समा प्रकाशित समाचारका अनुसार रुसको उर्जा प्रणाली तथा अन्य लक्ष्यमा अमेरिकाले साइबर उपकरण राखेको छ । अमेरिकाका कैयौ विद्यमान र पूर्व अधिकारीले दुवै देशबीच ठूलो मात्रामा झडप भएको अवस्थामा यो कार्यक्रमको माध्यमबाट रुसको पावर ग्रिडमा हमला गर्न सकिने बताएका छन् ।

रुसको पावर ग्रिडमा कति हदसम्म यो सफ्टवेयर राखिएको छ भन्ने विषय भने स्पष्ट भएको छैन । यो जानकारीको अर्थ रुसको बिरुद्धमा साइबर हमलाको काल्पनिक सम्भावना भएको पेस्कोभले बताए ।
आफ्नो सिस्टमको बिरुद्धमा कुनै हमलाको कुनै सूचना प्राप्त नभएको रुसको उर्जा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । रुसी उर्जा पावर ग्रिडको सुरक्ष व्यापक उच्च छ । यस किसिमको खतरासँग जुभ्mनका लागि रुसी प्रविधि तथा उपकरणलाई आधुनिक गर्ने काम भइरहेको उक्त विज्ञप्तिमा उल्लेख छ ।
अमेरिकी जासुसी एजेन्सीका अनुसार रुस साइबर अपराधको सबैभन्दा ठूलो स्रोत हो । उसको निर्देशन अनुसारनै अमेरिकी सिस्टमलाई निशाना बनाइने गरिएको छ । अमरिकी अनुसन्धानकर्ताका अनुसार रुसी जासुसी एजेन्टले २०१६ को राष्ट्रपति चुनाव भन्दा पहिले अमेरिकी मतदान प्रणालीसम्म पहुँच बनाउने प्रयास गरिएको थियो ।