एजेन्सी
बुधवार, जेठ ८, २०७६
290

विश्वव्यापीकरणको विद्यमान दौडमा प्रत्येक कम्पनीले एक–अर्कालाई पछि पारेर अगाडि बढ्ने कोसिस गरिरहेका हुन्छन् । यो यस्तो दौड हो, जहाँ गल्तीको महसुस बढ्न जान्छ । यसै परिप्रेक्ष्यमा अमेरिकाले राष्ट्रिय सुरक्षाका लागि खतरनाक मानिएका केही कम्पनीको सूची तयार पारेको छ ।
अमेरिकाको वाणिज्य विभागले यस किसिमका कम्पनीहरूको सूची जारी गरेको छ । यसलाई ‘इन्टिटी लिस्ट’ भनिएको छ । यसमा अमेरिकी नीतिका विरुद्धमा काम गर्ने कम्पनीलाई समावेश गरिएको छ र वासिङ्टन यसलाई राष्ट्रिय सुरक्षाको खतराका रूपमा हेर्छ ।

अमेरिकाको वाणिज्य विभागले पाकिस्तानको १, चीनका ६ तथा संयुक्त अरब इमिरेट्सका ५ कम्पनीलाई सूचीमा समावेश गरेको छ ।
यस किसिमबाट सूचीमा कुल १२ कम्पनी समावेश भएका छन् । यदि यी कम्पनीहरूलाई कुनै संवेदनशील जानकारी उपलब्ध भयो वा कुनै प्रविधि मिल्यो भने यसबाट राष्ट्रिय सुरक्षाको हितमा नोक्सानी पुग्न सक्ने अमेरिकाले बताउँदै आएको छ ।
अमेरिकी वाणिज्य मन्त्री विल्बर रोसले भनेका छन्, “ट्रम्प प्रशासन अमेरिकी नागरिक वा राष्ट्रिय हितमा नोक्सानी पु¥याउनेको विरुद्धमा सधैं चनाखो रहनेछ । यस किसिमको मामिलामा कुनै छुट दिन सकिँदैन ।”
अचम्मलाग्दो कुरा के छ भने १२ कथित खतरनाक कम्पनीको सूचीमा आधा वा ६ चिनियाँ नै परेका छन् ।
यो यस्तो अवस्थामा सार्वजनिक भएको छ कि दुवै देश एक अर्का मुलुकका अर्बौं डलरका सामग्रीमा शुल्क बढाइरहेका छन् ।
योभन्दा पहिले अमेरिकाले हुवावे जस्ता चिनियाँ प्राविधिक कम्पनीको विरुद्धमा कारबाही गरिसकेको छ । हुवावेमाथि अमेरिकाले इरानसँग कारोबार गरेको आरोप लगाउँदै आएको छ ।