एजेन्सी
शुक्रवार, जेठ २३, २०७७

शानदार बाइक बनाउने इटालीको एमभी अगस्टाले एक यस्तो मोटरसाइकल ल्याएको छ, जुन व्यापक मन छुने खालको छ । यो बाइकको विशेषता के छ भने यो केबल एउटा मात्रै उत्पादन भएको छ । अर्थात यो बाइक विश्वभरीमा एक व्यक्तिले मात्रै किन्न पाउने छ । यो मोटरसाइकल कम्पनीको बु्रटाले १००० आरआर सुपर– नेकेड बाइकको अल्ट्रा– लिमिटेड एडिशन भर्सन हो । यसलाई एमभी अगस्टा ब्रुटाले १००० आरआर एमएल नाम दिइएको छ । के छ त यो बाइकको विशेषता ?

1169
कारोबार संवाददाता
मंगलबार, जेठ २०, २०७७

जापान सरकारले नयाँ कोरोना भाइरस कोभिड १९ परिक्षणको नयाँ प्रविधिलाई मंगलबार स्विकृत प्रदान गरेको छ ।

264
एजेन्सी
सोमवार, जेठ १९, २०७७

कोरोनाभाइरसको लकडाउनका कारण पुरै विश्व घरमै कैद भएको समयमा बेलायतका दुई साथीले पिज्जा खानका लागि २५० माइलसम्मको यात्रा गरेका छ्न् । लकडाउनका कारण उनीहरुको शहर हाउलमा म्याक डोनाल्डको सबै आउटलेट बन्द थियो । तर फास्टपूmडका शोखिन उनीहरुले पीटरबर्ग शहर गएर आफ्नो यो रहर पुरा गरेका छन् ।

349
एजेन्सी
सोमवार, जेठ १९, २०७७

विश्वभर १३ वर्षदेखि १५ वर्ष उमेर समूहका चार करोड बढी व्यक्तिले सुर्तीजन्य पदार्थको सेवन गर्ने गरेका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । सूर्तीजन्य उद्योगहरूले किशोर किशोरीलाई लक्षित गरी विश्वमा विज्ञापनका लागि वार्षिक नौ अर्ब अमेरिकी डलर बराबरको बजेट खर्च गर्ने गर्छन् । राष्ट्रसंघीय स्वास्थ्य संगठन डब्लुएचओले विश्व धुम्रपानरहित दिवसको अवसरमा चेतनामुलक कार्यक्रम गरी युवा जगतमा धुम्रपानको कुलत हटाउनुपर्नेमा जोड दिएको छ ।

229
एजेन्सी
सोमवार, जेठ १९, २०७७

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका प्रमुख औद्योगिक राष्ट्रहरुको समूह (जी–७) को शिखर सम्मेलन कम्तीमा आगामी सेप्टेम्बरसम्मका लागि स्थगित गरेका छन् । यही जुनको अन्त्यतिर हुनेगरी यसअघि तय भएको शिखर सम्मेलन कोरोनाभाइरसको सङ्क्रमण विश्वभरी फैलिएका कारण स्थगित गरिएको हो । सम्मेलनमा उनले भारत, रसिया, दक्षिण कोरिया र अस्ट्रेलियालाई निमन्त्रणा गर्ने पनि जानकारी दिए । अहिले जी–७ को संरचना नै पुरानो र असान्दर्भिक भइसकेको पनि राष्ट्रपति ट्रम्पले बताएका छन् ।

262
एजेन्सी
आइतवार, जेठ १८, २०७७

हाल विश्व कोरोनााभाइरसको महामारीबाट नराम्ररी प्रभावित भएको छ । यसैबीच विश्वका धेरै राष्ट्रहरुले यसको खोप विकास गर्ने प्रयास गरिरहेका छन् । चीनको राज्य परिषदले यसै वर्षको अन्त्यसम्ममा कोभिड–१९ को खोप बजारमा आउन सक्ने बताएको छ । यो खोपलाई वुहान जैविक उत्पादन अनुसन्धान संस्थान र बेइजिङ जैविक उत्पादन अनुसन्धान संस्थानले साथसाथै मिलेर बनाइरहेका छन् । यो खोपको क्लीनिकल तथा मानव परिक्षणको दोस्रो चरण पनि पुरा भइसकेको छ । राज्य स्वामित्वका सम्पत्ति पर्यवेक्षण र प्रशासन आयोग (एसएएसएसी) ले एक सोशल मीडियाको पोष्टमा यासको घोषणा गरेको हो । यी दुवै संस्था सरकारको स्वामित्व भएको फर्मासिउटिकल ग्रुप साइनोफर्मासँग सम्बन्धित रहेका छन् ।

569
एजेन्सी
आइतवार, जेठ १८, २०७७

कोरोनाभाइरसको महामारीले विश्वव्यापी सम्पत्ति बजारको मूल्य स्थिर अवस्थामा पुगेको छ । तर पूर्ण रुपमा लकडाउन नभएको स्वीडेनमा भने एक गाउँलाई ७ करोडा स्वीडिस क्रोनर अर्थात ७३ लाख डलरमा बिक्रीका लागि राखिएको छ । यो सात्रा ब्रुना राम्रो अवस्थाको गाउँ स्वीडनेको राजधानी स्टकहोमभन्दा बाहिरी इलाकामा रहेको छ ।

1687
एजेन्सी
आइतवार, जेठ १८, २०७७

फोब्र्सले टिभी स्टार र व्यवसायी काइली जेनरलाई अर्बपतिको सूचीबाट हटाएको छ । उनको परिवारले श्रृंगार व्यवसायको मूल्य बढाइचढाई गरेको आरोप लगाउदै फोब्र्सले उनलाई अर्बपतिको सूचीबाट हटाएको हो । उनको परिवारले आफ्नी युवा सदस्यलाई उनको भएको सम्पत्ति भन्दा बढाईचढाई गरी धनीको रुपमा प्रस्तुत गरेको आरोप लगाएको छ । फोब्र्सको यो आरोप मिथ्या भएको र अप्रमाणित भएको भन्दै जेनरले यो भनाईको खण्डन गरेकि छन् ।

518
कारोबार संवाददाता
शुक्रवार, बैशाख ५, २०७७

जापान सरकारले सात प्रिफेक्चरमा लागू गरेको आपतकाललाई जापानभर विस्तार गर्ने घोषणा गरेको छ । कोरोना भाईरससँग जुध्न बनाइएको नयाँ कानुनमा टेकेर सरकारले अप्रिल १६ तारिख मध्यरातबाट जापानभर आपतकाल लागू गर्ने घोषणा गरेको हो । सरकारको निर्णयसँगै अप्रिल १७ तारिखको सुरुवातसँगै जापानभर आपतकाल लागू हुनेछ ।

920
एजेन्सी
बुधवार, बैशाख ३, २०७७

कोरोनाभाइरसले विश्वभरीमा १ लाख १९ हजार ७२९ मानिसको ज्यान गएको छ । तर विश्वका केही मुलुकहरुले कोरोनाभाइरसको विस्तार रोक्नका लागि लगाएको लकडाउन खोल्ने तयारी गरिरहेका छन् । प्रतिबन्ध खुकुलो पार्ने मुलुकहरुमा धेरैजसोले बाँकि देशको तुलनामा लकडाउन पहिला घोषणा गरेका थिए । यी मुलुकमा महामारीले बाँकि युरोपको तुलनामा कम मात्रै विनासकारी रुप लिएको छ । यसैले यी मुलुकहरुले विस्तारै–विस्तारै लकडाउन खोल्ने तयारी गरिरहेका छन् ।

2223
एजेन्सी
मंगलबार, बैशाख २, २०७७

पुरै विश्वका लागि चुनौती बनेको कोरोनाभाइरस अब विवादको कारण पनि भएको छ । यो भाइरसबाट बचाउनका लागि हालसम्म कुनै खोप बनेको छैन । तर, अत्यावश्यक मेडिकल किट्सको विषयलाई लिएर अन्तर्राष्ट्रिय स्तरमा तनाव पैदा भएको छ । नयाँ विवाद भारत र अमेरिकाबीच देखिएको छ । यो विषयमा विश्व स्वास्थ्य संगठनले सफाई पनि दिएको छ ।

2661
एजेन्सी
मंगलबार, बैशाख २, २०७७

अमेरिकामा विनाशकारी आँधीका कारण कम्तीमा एघार जनाको मृत्यु भएको छ । देशको दक्षिणी क्षेत्रमा पर्ने मिसिसिपी राज्यमा उनीहरुको मृत्यु भएको र अन्य क्षतिको विवरण सङ्कलन हुदै गरेको अधिकारीहरुले जनाएका छन् । कोरोना भाइरसका कारण विश्वमै सबैभन्दा धेरै मानिसको मृत्यु भइरहेका बेलामा अमेरिकामा आँधीका कारण पनि मानवीय क्षति भएको हो । अमेरिकी सञ्चार माध्यमहरुले सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै सोमबार जनाएअनुसार घटना आइतबार भएको थियो ।

1050
एजेन्सी
मंगलबार, बैशाख २, २०७७

कोरोना भाइरका कारण अमेरिकामा मृत्यु हुनेको विश्वका अन्य कुनै पनि मुलुकको तुलनामा बढी भएको छ । यहाँ यो बिरामीबाट मृत्यु हुनेको संख्या २३ हजार नाघेको छ ।

547
एजेन्सी
मंगलबार, बैशाख २, २०७७

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले कोरोना महामारीलाई मध्यनजर गर्दै नेपाल लगायत २५ गरीब देशलाई ऋणमा राहात दिएको छ । उसको यो सहयोगबाट यी सबै मुलुकहरुले कोभिड–१९ सँग लड्नका लागि आफ्नो कोष जम्मा गर्न सक्ने निश्कर्ष आईएमएफको छ । गरीब मुलुकका लागि ६ महिनासम्मको राहात दिने कोषले जनाएको छ ।

602
एजेन्सी
मंगलबार, बैशाख २, २०७७

चीनका वैज्ञानिकले देशमा कोरोनाभाइरसको केन्द्र वुहानमा एक खोपको क्लीनिकल परीक्षणको दोस्रो चरण सुरु गरेका छन् । चाइना डेलीको सोमबारको समाचार अनुसार यो खोप इन्सटिच्यूट अफ बायोटेक्नोलोजी, एकेडेमी अफ मिलिट्रि मेडिकल साइन्सेस अफ चाइनाले कोरोनाभाइरसको उपचारका लागि विकास गरेको हो । आइतबारको यसको दोस्रो चरणको परीक्षणमा ५०० स्वयंसेवकले भाग लिएका थिए ।

2587