कारोबार संवाददाता
आइतवार, असार २८, २०७७
637

नेपाल वायुसेवा निगमले विभिन्न गन्तव्यबाट ५८ वटा उद्धार उडानमार्फत १० हजार ९ सय १२ यात्रुको उद्धार गरी स्वदेश फिर्ता ल्याएको छ ।
कोरोना महामारीका कारण विदेशमा रोजगारी गुमाउका नेपालीलाई उद्धार उडानमार्फत स्वदेश ल्याइएको निगमले जनाएको छ । चीनको ग्वाङझाओ, चाङ्सा, कुनमिङ र बेइजिङबाट कार्गो चार्टर्ड उडानमार्फत स्वास्थ्य सामग्री ढुवानी गरेको निगमले विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धारमा गरेको थियो ।
साथै निगमले जुन १४ देखि जुलाई १२ सम्म दुबई, दोहा, क्वाललम्पुर, सिड्नी, ब्रिसबेन, नारिता, बैंकक, हङकङ, बहराइन, कुबेत, रियाद, जेद्दा, माले, ढाका लगायतका ५८ वटा उद्धार उडान गरेका जनाएको छ ।