दीपेन्द्र थापा
आइतवार, चैत्र २३, २०७६
459

नेपालमा लकडाउन भएयता १ हजार ७ सय २१ जना पर्यटकको उद्धार गरिएको नेपाल पर्यटन बोर्डले जनाएको । बोर्डले शुक्रबार मध्यरातसम्म १ हजार ७ सय २१ जना पर्यटको उद्धार गरेको थियो । बोर्डले १ तारिकमा नेपालमा रहेको दूतावास र कूटनीतिक नियोगका नाममा सूचना जारी गर्दै स्वदेश फिर्ता हुन चाहने पर्यटकले ३ तारिकको मध्यसम्म काठमाडौंमा आउनुपर्ने भनेको थियो । सोही सूचनाका आधारमा स्वदेश फिर्ता हुन चाहने पर्यटक शुक्रबार ६८ काठमाडौं आएका थिए । बोर्डले ती पर्यटक लुक्ला, फाप्लुर पोखराबाट काठमाडौं ल्याइएको बोर्डले जनाएको छ ।
सरकारले कोरोना भाइरस फैलिन नदिनका लागि चैत ११ गतेयता गरेको लकडाउनका कारण गन्तव्यमा पुग्न नसकेका पर्यटकलाई बोर्डले अन्य सरोकारवाला निकायसँगको समन्यमा स्वदेश फिर्ता हुन चाहने नागरिकलाई उद्धार गरेको थियो । बिहीबारसम्म बोर्डले १ हजार ६ सय ५१ जनालाई उद्धार गरेको थियो । बोर्डले नेपालमा रहेका कूटनीतिक नियोग र दूतावासको आग्रहमा स्वदेश फिर्ता हुन चाहने पर्यटकको उद्धारमा सहजीकरण गरेको बताएको छ । शनिबारबाट बोर्डले प्रत्यक्ष रूपमा सहभागी भएर पर्यटको उद्धारमा सहजीकरण नगर्नेसमेत सूचनामा प्रष्ट पारिसकेको छ । बोर्डले सूचना जारी गर्दै नेपालमा रहेका कूटनीतिक नियोगका नाममा ७ बुँदे सूचना जारी गरेको थियो । बोर्डले सूचनामा भनेको छ, “तोकिएको समयसम्म पनि स्वदेश फिर्ता हुन चाहने पर्यटक काठमाडौंमा नआए आगामी दिनमा नेपाल पर्यटन बोर्ड जिम्मेवार नहुनेसमेत प्रष्ट पारेको छ ।”

काठमाडौंमा आएका पर्यटकलाई स्वदेश फिर्ता हुनका लागि चार्टर विमान आउने र लिएर जानेछ । स्वदेश फिर्ता नहुने पर्यटकले जहाँ छन् त्यही सुरक्षित रहनुपर्ने छ, आगामी दिनमा उद्धार नहुने बोर्डका निमित्त निर्देशक लीला बानियाँले बताए । “देशका विभिन्न स्थानमा रहेका नागरिकलाई स्वदेश फिर्ता हुन चाहने नागरिकलाई काठमाडौं ल्याएको थियो भने बाँकी नागरिक स्वेच्छाले हाल बसिरहेकै स्थानमा सुरक्षित रहेको बताउँदै,” बानियाँले भने, “अन्य पर्यटकले हाल जहाँ छन् त्यही बस्न चाहेका र तत्काललाई आन्तरिक उद्धारको काम पूरा भएको छ ।”
ती पर्यटकको उद्धारमा सहजीकरण गरेको बोर्डका निर्देशक स्वदेश फिर्ता हुने नागरिकका लागि सम्बन्धित देशको कूटनीतिक नियोगले चार्टर विमान लिएर आफ्ना नागरिक लिन काठमाडौं आउने आग्रह गरेसँगै बोर्डले शुक्रबारसम्मको समय सीमा राखेर पर्यटकको उद्धार गर्नका लागि सहजीकरण गरेको बानियाँको भनाइ छ ।
उनले भने, “आगामी दिनमा उद्धार गर्न चाहेमा सम्बन्धित दूतावासले परराष्ट्र, गृह मन्त्रालय हुँदै जिल्ला प्रशासन कार्यालयको सिफारिसमा मात्र ती नागरिको उद्धार गर्नुपर्ने हुन्छ र तत्कालका लागि बोर्डले उद्धारको काम पूरा गरेको छ ।”
यसै साता साता फ्रेन्च, जर्मन, अमेरिका र कोरियाका नागरिकलाई स्वदेश फिर्ता गराउने प्रक्रियामा छ । ४ देशका नागरिक गरेर कुल १ हजारभन्दा बढी नागरिक स्वदेश फिर्ता हुने बानियाँको भनाइ छ ।