दीपेन्द्र थापा
आइतवार, चैत्र १६, २०७६
1007

 

शनिबार ३ अन्तर्राष्ट्रियसहित आन्तरिकमा २४ उडान

नेपालमा रहेका जर्मन र फ्रान्सेली नागरिकलाई कतार एयरवेजको विमानबाट शनिबार स्वदेश पठाइएको छ । सरकारले ११ गतेदेखि गरेको लकडाउनका कारण ती पर्यटक गन्तव्यमा पुग्न सकेका थिएन्न । कतार एयरवेजका दुइटा विमानबाट ती नागरिकलाई कतारमा ट्रन्जिट गरी अर्का विमानबाट जर्मनको फ्रन्कर्फट र फ्रन्सको पेरिस अवतरण गराउने काठमाडौंस्थित कतार एयरवेजको कार्यालयले जनाएको छ । दुवै उडानमा ३ सय ४ जना ३ सय ४ जना गरी ६ सय ८ विदेशी नागरिकलाई स्वदेश पठाइएको हो । नेपालस्थित जर्मन र फ्रन्स राजदूतावासको विशेष आग्रहमा सो २ विमान यात्रु लिनका लागि १०ः३० मिनेटमा एक र ११ः३० मा कतारका खालि विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए । उडानलाई सहज बनाउन एयरवेजले जगेडामा केही चालक दलका सदस्य लिएर आएको थियो । विमानस्थल कार्यालयबाट जर्मन नागरिक बोकेको विमान ११ः३० मा र फ्रान्सेली नागरिक बोकेको विमान १२ः२० मा कतारका लागि उडान भरेको थियो । दुई चार्टर उडानमा फ्रान्स र जर्मनका नागरिकका अलवा अन्य युरोपियन मुलुकका केही नागरिक समेतलाई स्वदेश फर्काइएको नेपाल पर्यटन बोर्डका निर्देशक लीला बानियाँले बताए । कतार एयरवेजको वाइडबडी जहाज चार्टड विमानले ती विदेशी नागरिकलाई स्वदेशसम्म पु-याउन सहजीकरण गर्ने छन् ।
जारी सिजनमा नेपालमा १० हजार पर्यटक नेपालको भ्रमणमा रहेको हुन सक्ने नेपाल पर्यटन बोर्डले जनाएको । कोरोना भाइरसको संक्रास बढेसँगै सरकारले नेपालमा लकडाउन गरेपछि पर्यटकलाई समस्या परेको थियो । यसरी नेपाल भ्रमणमा रहेका पर्यटकलाई स्वदेश फर्काउनका लागि नेपालमा रहेका दूतावास र सरकारले सहजीकरण गरेका थिए । जारी सिजनमा युरोपियन नागरिक नेपालमा पदयात्राका क्रममा रहेको टानको भनाइ छ । शुक्रबार पनि कतार एयरवेजबाट जर्मन र युरोपियन नागरिक गरी ३०७ जना पर्यटकलाई उद्धार गरी जर्मनका लागि उडान भरेका थिए ।

निगमको विमान शनिबार चीन प्रस्थान
कोरोना भाइरसरको रोकथामका लागि मेलिडकल सामग्री लिन नेपाल वायुसेवा विमान चीन प्रस्थान गरेको छ । वाइडबडी सो सामग्री लिनका लागि शनिबार वाइडबडी ए–३३० विमान १२ः३० बजे चीनको ग्वाङ्जाओका लागि उडान भरेको निगमले जनाएको छ । चालक दलसहित १० सदस्य टोलीमा ४ पाइलट, २ क्याबिन क्रु,२ प्रविधिक,२ डिस्प्याचर,१ लोड मास्टर रहेको निगमका अपरेसन विभागका प्रमुख दिपुराज ज्वारचनले बताए ।
उनका अनुसार चीनको स्थानीय समयअनुसार साँझ ६ः५५ (नेपाली समयअनुसार ४ः४०)मा विमान ग्वान्जाओ विमानस्थलमा अवतरण गर्नेछ भने साँझ ६ः४० (चिनियाँ समयअनुसार ८ः५५ मा काठमाडौंका लागि उडान भर्ने छ । उडान कार्यतालिका १०ः३० मिनेटमा त्रिभुवन विमानस्थल काठमाडौंमा अवतरण गर्नेछ । विमानले करिब ३० टन मेडिकल सामग्री ल्याउनेछ । विमानले कोभिड–१९ परीक्षण गर्ने किट र पीपीई (पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट) लगायतका औषधिजन्य सामग्री ल्याउनेछ । कोभिड–१९ परीक्षण तथा मेडिकल सामग्री चीनबाट ल्याउने सरकारले निर्णय गरेबमोजिम निगमको विमान चीन गएको हो ।
निगमको शनिबार आन्तरिकमा २३ अन्तर्राष्ट्रियमा ३ उडान भएको छ । लकडाउनको समयमा उद्धारका लागि सरकारले दिएका अनुमतिका आधारमा ती उडान भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल कार्यालयले जनाएको छ । शनिबार पोखरा र लुक्लाबाट २ सय ७० पर्यटकलाई उद्धार गरिएको जनाएको छ । शनिबार अन्तर्राष्ट्रियतर्फ कतार एयवयेजका २ विमानले कतार–काठमाडौं–कतारको लागि चार्टर्ड उडान गरेको थियो भने निगमको वाइडबडी ए–३३० विमान चीनमा उडान भरेको थियो । आन्तिरिकतर्फ नेपाली सेनाको–१, कैलाश हेलिकप्टरको–२, मनाङको–१, निगमको लुक्लामा–५ साथै नेपालगञ्जमा–२, ताराको लुक्लामा–४, श्री एयलाइन्सको पोखरामा–२, यतीको पोखरा–१, समिट एयरको नेपालगन्जमा–१, सीताको नेपालगन्जबाट काठमाडौं–१ र ताप्लेजुङमा–१, लुक्लामा–३ उडान भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख देबेन्द्र केशीले बताए ।

 

निगमको विमान चिप्लियो

कोरोना भाइरको आशंका गरिएको नमुना संकलन गर्न गएको विमान धावन मार्ग अगाबै ल्याड गरेर चिप्लिएको छ । नेपाल वायुसेवा निगमको संकलन गरिएको नमुना लिन नेपालगन्जमा उडान भरेको वाई–१२ विमान नपुग्दै ल्यान्ड गर्दा चिप्लिएर घाँसे मैदान पुगेको थियो । विमान चिप्लिदा कुनै मानवीय क्षति नभएको जनाईएको छ । के कसरी विमान चिप्लिएको भन्ने विषयमा निगम र नेपाल नागिरक उड्डयन प्राधिकरणको टोली घटना स्थल गएको थियो । प्राधिकरणका महानिर्देशक राजन पोखरेलका अनुसार टोलीले घटनाको छानबिन गरी प्रतिवेदन पेस गर्नेछ ।