कारोबार संवाददाता
बुधवार, फाल्गुन १४, २०७६
528

सिन्धुपाल्चोक-‘-याफ्टिङ हब’ मानिइने अरनिको राजमार्गस्थित पर्यटकीय बजार सुकुटेमा महोत्सव हुने भएको छ । आउँदो फागुन १७ बाट ४ दिनसम्म चल्ने गरी ‘प्रथम सुकुटे महोत्सव–२०७६’ हुन लागेको हो । महोत्सवभर विभिन्न साहसिक खेललगायत अन्यमा ३० प्रतिशतसम्म छुट दिइने छ ।
नेपाल भ्रमण वर्ष–२०२० अभियानलाई सफल बनाउने उद्देश्यले गर्न लागिएको महोत्सवले सिन्धुपाल्चोकको समग्र पर्यटन क्षेत्रको विकास प्रवद्र्धन गर्ने उद्देश्य राखेको छ । जिल्लाको सुकुटेसहितका महत्वपूर्ण पर्यटकीयस्थलको प्रचार–प्रसार तथा जल पर्यटन प्रवद्र्धन गरिनेछ । महोत्सवका क्रममा पहिलो पटक सुनकोसीमा ‘वाटर बोट’ सुरु गर्ने कार्यक्रम छ ।

सिन्धु पर्यटन व्यवसायी संघको आयोजना तथा वन वातावरण तथा पर्यटन मन्त्रालय वाग्मती प्रदेश, भ्रमण वर्ष–२०२० सचिवालय, नेपाल पर्यटन बोर्डको सहयोग तथा स्थानीय सामाजिक युवा क्लबको समन्वयमा महोत्सव आयोजना गरिने भएको हो ।
नेपाल भ्रमण वर्षको अवसरमा सिन्धुपाल्चोकको सुकुटेलाई पर्यटकीय ‘हव’को रूपमा विकास गर्न तथा जिल्लाका पर्यटकीय क्षेत्रको प्रचार–प्रसार गर्दै प्रर्यटन प्रवद्र्धनका लागि महोत्सवको आयोजना गरिएको र यसको तयारी अन्तिम चरणमा पुगेको प्रचार–प्रसार संयोजक राजेन्द्र शर्माले जानकारी दिए ।
सुकुटे क्षेत्रका जलयात्रा, सुकुटे–ओख्रेनीसम्मको पदमार्गको प्रचार तथा स्थानीय उत्पादनको बजारीकरण र बिक्री वितरणको व्यवस्थापन गर्न पहल गरिने जनाइएको छ । तातोपानी नाका, भैरवकुण्ड र जुगल हिमाल जाने प्रवशेद्वारको रूपमा प्रवद्र्धन गर्ने महोत्सवको उद्देश्य रहेको आयोजक सिन्धु पर्यटन व्यवसायी संघका अध्यक्ष नारायण श्रेष्ठले बताए ।
महोत्सवमा झन्डै ५ करोडको कारोवार हुने अनुमान गरिएको छ । महोत्सवमा ५० वटा व्यावसायिक स्टल रहने छन् भने विभिन्न खेलकुद गतिविधि तथा सांस्कृतिक प्रस्तुति हुनेछन् । राजधानी काठमाडौंबाट ६८ किलोमिटर दूरीको सुकुटे क्षेत्र पछिल्लो समय पर्यटकीय आकर्षण बन्दै गएको छ । यो क्षेत्रमा १० वटा होटल छन् । महोत्सवको अवधिमा २० हजार पर्यटक ल्याउने आयोजकको दाबी छ ।

किशोर बुढाथोकी