कारोबार संवाददाता
बिहिवार, फाल्गुन ८, २०७६
743

मुगु-कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रारा आउने बाह्य तथा आन्तरिक पर्यटकहरूका सहजका लागि नेचर गाइड तयार पारिएका छन् ।
रारा राष्ट्रिय निकुञ्जले राराको जैविक विविधता, वन्य जन्तु, चराचुरुङ्गी र पदमार्ग र भिजिट नेपाल–२०२० लाई लक्षित गरी ३३ जना नेचर गाइड तयार गरेको हो ।

रारा आउने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई सहज बनाउन फागुन १ गतेदेखि ६ गतेसम्म नेचर गाइड तालिमको आयोजना गरी रारा आउने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई रारा पुग्ने पदमार्ग वन्यजन्तु, चराचुरुङ्गीदेखि राराको जैविक विविधताबारे जानकारी गराउन नेचर गाइड (प्रकृतिक प्रसक) तयार गरिएको रारा राष्ट्रिय निकुञ्जको कार्यालय राराले जनाएको छ ।
राष्ट्रिय वन्यजन्तु संरक्षण ऐन २०२९ हिमाली राष्ट्रिय निकुञ्ज नियमावली २०३६ अनुसार प्रत्येक निकुञ्जले अनिवार्य नेचर गाइड राख्नुपर्ने व्यवस्था भए पनि रारा राष्ट्रिय निकुञ्जले हालसम्म नेचर गाइड तयार गरेको थिएन । स्थापना भएयता पहिलो नेचर गाइड उत्पादन गरीएको रारा राष्ट्रिय निकुञ्ज कार्यालयका संरक्षण अधिकृत लालबहादुर भण्डारीले बताए । उनका अनुसार मध्यवर्ती क्षेत्रभित्रका समुदायको आर्थिक उन्नति रारा आउने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई राराकाबारे सहजै जानकारी गराउनुका साथै निकुञ्जभित्र रहेका जैविक विविधता, वन्यजन्तु, वनस्पति, चराचुरङ्गी धार्मिक तथा सांस्कृतिक परम्पराकाबारे सहजै रूपमा पर्यटक जानकारी गराउने उद्देश्यर र रोजगारको सिर्जना हुनुका साथै नेपाल भ्रमण वर्ष २०२० लाई टेवा पुराउने उद्देश्यले नेचरगाइड उत्पादन गरेको संरक्षण अधिकृत भण्डारीले बताए ।
रारामा मात्र २ सय ७२ प्रजातिका चराचुरुङ्गी छन । विश्वमा नापइने असला जातको माछा विभिन्न प्रकारका वनस्पतिका साथै यहाँको छुट्टैखाले जैविक विविधता छ । यहाँ पुग्ने जो कोही पर्यटहरूले सबै जानकारी लिन खोज्छन । योभन्दा अगाडि यी सबै विषयमा ज्ञान भएका जनशक्ति नहुँदा जानकारी बिना पर्यटक फर्किन्थ्ये । अब राराकाबारे ज्ञान भएका नेचर गाइड उत्पाद भएपछि पर्यटकहरूले सबै जानकारी पाउने छन् । यो पेसा लागेका नेचर गाइडको आर्थिक स्थितिमा समेत मजबुद हुने तालिमका प्रशिक्षक चरा विज्ञ टिकाराम गिरीले बताए ।
विगतका दिनमा रारा पुग्ने पर्यटकहरू बीचबाटोमा ठगिएका घट्ना धेरै आएका छन् । रारा पुग्ने जो कोही पर्यटक नठगियोस राराकाबारे सबैखाले जानकारी पर्यटकहरूले पाउन भन्ने हेतुले नेचर गाइड उत्पादन गरिएको हो । मध्यवर्ती क्षेत्रका बेरोजगार युवालाई यो पेशाले आर्य आर्जनको पाटो पहिल्याउन सक्ने मध्यवर्ती क्षेत्र बिकास समितिका अध्यक्ष बलराम साहनीले बताए ।
छायाँनाथ रारा नगरापालिका–८ झयारी गाउँका दानबहादुर रावल नेचर गाइडको तालिम पाएपछिी अबका दिनबाट व्यावसाहिक रूपमा नेचर गाइडको पेशा अँगाल्ने बताए । बेरोजगारीका कारण आफू विदेश जाने तयारीमा रहेको बताए । मध्यवर्ती क्षेत्र विकास समितिले आफूलाई नेचर गाइडको तालिमा छनोट गरेपछि यो पेसामा लागे भविष्य उज्वल देखिने र नेचर गाइड पेसाले राराको पर्यटन प्रबद्र्धनमा थप टेवा पुग्ने र आफूलगायत समुदायको समेत आर्थिक उन्नति राम्रो हुने भएकाले यो पेसालाई प्रथामिकता दिने रावलले बताए ।

दानबहादुर बूढा