सागर परियार
सोमवार, फाल्गुन ५, २०७६
345

कर्णालीमा भ्रमण : प्रचार संगै पूर्वाधार आबश्यक


जुम्ला-नेपाली भाषाको उद्गम स्थल सिंजा उपत्यका संघिय सरकारले छनौट गरेको सय गन्तव्यमा परेको करिब ३ वर्ष भयो । त्यस्तै कर्णाली प्रदेश सरकारले सार्वजानिक गरेको ४० पर्यटकिय गन्तव्यमा पनि सिंजा उपत्यका प्रथामिकतामा थियो । प्रदेश तथा संघिय सरकारले कर्णालीका प्राकृतिक सुन्दरता, ऐतिहासिक महोत्वका तस्बिर खुबै प्रचार गर्यो, सोहि अनुरुप भ्रमण वर्ष २०२० भित्र संघिय सरकारले २० लाख र कर्णाली सरकारले विदेशी पर्यटक मात्र एक लाख भित्राउने लक्ष्य निर्धारण गरेको छ ।
तर बिडम्बना संघिय सरकारको सय गन्तव्यमा परेको सिंजा उपत्यकामा अहिले नत काहि राम्रो खाने बस्ने, होटल छन् नत सडक सुधार भएको छ, त्यहाका ऐतिहासिक स्थलहरु जीर्णउद्धार समेत हुन सकेको अबस्था छैन् ।
सबै पर्यटकको चासो रहेको, (हाँट सिंजा, लामाथाँडा,विराट राजाको दरबार, पाण्डपगुफा, कनकासुन्दरी मन्दीर लगायत अन्य लुकेर रहेका ऐतिहासिक क्षेत्रमा कसरी पुग्ने भन्ने थाहा छैन् । नाग्म बाँयातर्फको सडक समातेपछि सिंजा लाग्छ, तर खास सिंजा सभ्यताको महोत्व बोकेको क्षेत्र कहाँ हो भन्ने कुरा पर्यटकलाई अन्यौलनै छ ।
भ्रमण वर्षशुरु भएपछि पर्यटक आर्कषणको केन्द्र मानिएको सिंजामा अहिले सम्म शुन्य पर्यटक आएको स्थानीय दिपेन्द्र उपाध्याय बताउँछन् । भ्रमण वर्ष लागेजस्तो कुनै चहलपहल छैन्, उनले भने, जसको फोटो देखाएर देश विदेशमा प्रचार गरिरहेका छौ, त्यहाको पूर्वाधारको अबस्था कस्तो छ ? भन्ने संघ प्रदेश स्थानीय सरकार कसैलाई थाहा नभएको बताए ।
त्यस्तै, कर्णालीकै प्रसिद्ध चन्दननाथ मन्दिर,देशकै दोस्रो अग्लो डुडुल चैत्य, पातारासी हिमाल र गुठिचौर पाटन पनि कर्णालीको ४० पर्यटकिय गन्तव्यमा परेका छन् । भ्रमणवर्षलाइ लक्षित गरी निर्धारण गरिएका यी पर्यटयिक स्थलमा अहिले सम्म पर्यटक शुन्यनै छन् । प्रचार संगै पूर्वाधार निर्माणमा ध्यान नदिएकै कारण पर्यटक अट्काउन मुस्किल भएको पर्यटन व्यसायी नोर्बु लामा बताउँछन् ।
उनले भने, गुठिचौर देशकै ठुलो कृषि प्रतिष्ठान, पर्यटक घुम्न लायक पनि छ, तर त्यहा जाने, सडकको दुरावस्था, पर्यटकिय क्षेत्रमा समेत अहिले सम्म पनि नेटर्वक नहुनु, ईन्टरनेट नचल्नु यस्ता कारण पर्यटक भित्राउन कर्णालीलाई निकै मुस्किल पर्ने लामाको भनाई छ । विश्वकै अग्लो धान फल्ने छुमचौर र पातारासी हिमाल हेर्न आउनेको संख्या पनि घटेको देखिन्छ ।
पर्यटकहरु अलि अलि आईरहेपनि तुलनात्मक रुपमा भ्रमण वर्षको प्रचारको आधारमा निकै कम पर्यट आईरहेको अर्का पर्यटन व्यवसायी पदम महतको तर्क छ । जुम्ला मात्र नभई समग्र कर्णालीमा यतिबेला भ्रमण वर्षको चहलपहल निकै न्युन देखिन्छ । सरकारले करोडौ लगानी गरेको होमस्ट पनि अलपत्र भएपछि पर्यटक भित्राउन ठुलौ चुनौती आईपरेको छ ।
कर्णालीमा छैन भ्रमणवर्षको रौनक
साविक कर्णाली पर्यटन सम्भावनाले भरिएको क्षेत्र हो । उदाहरणमा रुपमा (जुम्लाको सिंजा उपत्याका, कालिकोटको, पचाल झरना,मुगुको राराताल, हुम्लाको मानसरोबर र डोल्पाको सेफोक्सण्डो) यी पर्यटकिय क्षेत्रकै आडमा कर्णाली सरकारले नाराबाजी प्रचार गर्दै एक लाख पर्यटक भित्राउने लक्ष्य बोकेका छ । तर यीनै पर्यटकिय सम्भवाना र साविक कर्णाली भौगोलिक हिसाबले दुर्गम छ, पर्यटकिय सम्भावना भएपनि पर्यटकको चाहाना अनुसार पूर्वाधार छैनन्, राज्यको ध्यान त्यस तर्फ जान सकेको छैन् ।
हुम्ला मानसरोबर जाने, मुगु रारा ताल जाने रहेक पर्यटक जुम्ला हुदै टे«किङ गर्दै जान्छन्, विगत दशकौ देखि पर्यटक गाईडकै रुपमा काम गर्दै आएका नोर्बु लामा भन्छन, पर्यटक हिड्ने पदमार्ग समेत सुधार नहुने कति कष्ट हुने गरेको छ, रारा जाने डाँफे लेकको बाटो र मानसरोबर जाने पातारासी क्षेत्रमा छिटै पदमार्ग निर्माण हुनुपथ्र्यो तर सरकारले योजनामा प्रथामिकता दिने तर काम नगर्ने भएकाले गर्दा पर्यटकहरु सास्तीमा छन् ।
जहा पर्यटनको सम्भावना प्रचुर हो, त्यहि पूर्वाधार नभएपछि भ्रमण वर्षको रौनक हुने कुरा पनि हुदैन्, नत होटल व्यवसायको आम्दानी राम्रो छ, नत पूर्वाधार राम्रा छन्, प्रचार गरेर नाम बेच्नु भन्दा पहिला आफ्नै घरको कमजोरी सच्याउन सरकारलाई सुझाब दिए ।
सडक र बत्तिनै मुख्य समस्या
सुर्खेतपछिको ठुलो शहर तथा पर्यटकिय क्षेत्र भनेर वर्णन गरिने जुम्लाकै बेहाल देख्दा पर्यटकहरुलाई बस्न मन लाग्दैन् । नत गाउँघरमा जाने सडक सुध्रिएका छन्, नत राम्रो बत्तिनै छ । कुनै पर्यटक घुमेर होटलमा आउँदा फेशबुकमा फोटो समेत पोष्ट गर्न नपाउने बाध्यतामा हुन्छ । किनकी बत्ती नियमित छैन्, होटल व्यवसायी त्यति परिपक्क पनि छैनन्, प्रति महिनाको १५ दिनभन्दा बढी दिन भन्दा पुर्ण लोडसेडिङ हुन्छ, कसरी पर्यटन प्रर्बद्धन हुन्छ, नागरिक समाजका अध्यक्ष राज बहादुर महत भन्छन, खोई सरकारले यस्ता कुरामा प्रथामिकता दिनु परेन ?
उज्यालो नेपालका महामहिम कुलमान घिसिङको नजर कर्णालीका दरदराजमा पुग्नु परेन् ? भन्दै आक्रोस व्यक्त गरे । त्यत्तिकै ठाउँठाउामा गएर फोटो देखाएर, भिडियो देखाएर मात्रै पर्यटन प्रर्बद्धन् हुदैन्, पर्यटक पनि भित्रिदैन्, आधारभुत आबश्यकता भित्र पर्ने सडक, बत्ति र आवासको व्यवस्थापनमा जोड दिन उनको सुझाब छ । यो जुम्लाको ब्यथा मात्र हैन साविक कर्णाली लोडसेडिङकै मारबाट गुज्रीरहेको छ । साविक कर्णालीमा नियमित बत्ती नहुनुको ठुलो असर पनि पर्यटन क्षेत्रमै परेको पर्यटन पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्र शाहिको दाबी छ ।
उनले पनि उर्जा मन्त्री, पर्यटन मन्त्री र कुलमान सिघिङलाई एक पटक साविकको कर्णाली अवलोकन गर्न समेत निम्तो दिए, यहाँका सम्भावना हुँदा हुदै पनि राज्यले वास्ता नगरेका कारण कर्णालीबासीले भोग्नु परेका कठिनाईहरु नजिकबाट महसुश गरेपछि केहि हुन्थ्यो की ?
पूर्वाधार नभएका कर्णालीका पर्यटन स्थल
कर्णालीमा भ्रमण वर्ष २०२० शुरु भए संगै यहाँका पर्यटकिय स्थलका फोटा मात्रै बढी प्रचार भएका छन् । तर सरकारले बाह्य पर्यटकहरूको गन्तव्यका रुपमा सूचीकृत कर्णालीका पर्यटक क्षेत्रमा पूर्वाधार नहुनदाको अबस्था निकै दयनिय छ । सुचिकृतमा परेकोे दैलेखको पञ्चकोशी क्षेत्रका श्रीस्थान र नाविस्थानमा पेट्रोलियम पदार्थको अन्वेषणको काम बाहेक जिल्लाबाट छनोट भएको राकम कर्णालीमा पर्यटक केन्द्रित गर्ने पूर्वाधार निर्माणमा कुनै काम भएको छैन ।
रारा ताल र छाँयानाथलाई मुगु जिल्लाका मुख्य गन्तव्यका रुपमा राखिएपछि रारामा जाने पर्यटक अहिले पनि गाँस र बाँसका लागि सदरमुकाम गमगढी आउनुपर्ने बाध्यता छ भने छाँयानाथ जाने बाटोकै प्रारम्भिक सुधार हुन सकेको छैन ।
प्रदेश सरकारले अन्तरराष्ट्रिय गन्तव्यका रुपमा जुम्ला जिल्लाबाट चन्दननाथ, गुठिचौर, पातरासी, सिंजा उपत्यकालाई समावेश गरेको भए पनि पछिल्लो समय खासै बाह्य पर्यटक केन्द्रित काम प्रदेशबाट हुन सेकेको छैन ।
कालिकोटको पचालझरना, चुलिमालिका, कोटदरबार पञ्चदरबार, पिली र मान्मा कालीकोटबाट, कुपिण्डे दह र छाँया क्षेत्र, खैरावाङ मन्दिर, रुकुमपश्चिमको सिस्ने हिमाल र स्यार्पु ताल, मुसिकोट दरबार र डिग्रे मन्दिर, जाजरकोटको भेरी नदी, नदैगढ, कुशें, ठाकुरजीको गाँठलाई प्रदेश सरकारले बाह्य पर्यटकहरूलाई आकर्षित गर्ने गन्तव्यको सूचीमा राखेको छ । तर पनि त्यहाँ पूर्वाधारका कामले परिणाम देखाउन सकिएको छैन ।
डोल्पामा अपर डोल्पा, से–फोक्सुण्डो, से–गुम्बा, बिजेर, साल्दाङ जिन्जे, धोतराप, छार्का, त्रिपुरासुन्दरी, छलमस्ता, दुनै र हुम्लाको लिमी उपत्यका, रलिङ, राहदेव भ्यू, डुडल, दूधे दह, खार्पुनाथ, सिमीकोटलाई पर्यटकीय गन्तव्यको सूचीमा समावेश गरे पनि त्यहाँ पूर्वाधार निर्माणका कुनै काम हुन सकेका छैनन् ।
आन्तरिक तथा बाह्य पर्यटकीय गन्तव्यका रुपमा केही स्थानको छनोट भए पनि पूर्वाधारको समस्याले कर्णालीको पर्यटन क्षेत्रले उल्लेख्य पर्यटकलाई आकर्षित गर्न नसकेको कर्णाली पर्यटन प्रवद्र्धन समितिका संयोजक राजु कार्कीले बताए । अब सरकारले पर्यटन प्रर्बद्धनका लागि पूर्वाधारमा जोड दिनुपर्ने उनको भनाई छ ।