कारोबार संवाददाता
आइतवार, माघ ५, २०७६
240

रेबान (रेस्टुराँ एन्ड बार एसोसिएसन नेपाल)ले नेपाल भ्रमण वर्ष–२०२० सफल पार्न सहयोग पु¥याउने उद्देश्यले ‘रेबान–बन्दीपुर फेस्ट २०२०’ को आयोजना गर्ने भएको छ । शनिबार एक कार्यक्रम गरी रेबानले पर्यटकीय स्थल बन्दीपुरमा उक्र महोत्सव यही माघ १७ र १८ गते गर्न लागेको जानकारी दिएको हो । रेबान फेखरा रेवान सौराहा तथा केन्द्रीय रेवानले पनि रेस्टुराँ व्यवसायको अभिवृद्धि गरी खाना प्रवद्र्धनको विविध कार्यक्रमहरू आयोजना गरिरहेको रेबानले जानकारी गराएको छ ।
पर्यटकीय गन्तव्य बन्दीपुरमा आन्तरिक पर्यटन प्रवद्र्धन पनि हुने र काठमाडौं, पोखरा, सौराहाका रेस्टुराँ व्यवसायीहरू र बन्दीपुरका पर्यटक व्यवसायीहरूबीच सद्भाव बढाउने उद्देश्यले पनि बन्दीपुरमा सांस्कृतिक कार्यक्रमसहितको खाना महोत्सव आयोजना गर्न लागेको रेवानका अध्यक्ष अरनिको राजभण्डारीले जानकारी दिए ।
उनका अनुसार यस कार्यक्रमको मुख्य प्रायोजक गोर्खा बु्रअरी, प्रायोजकहरूमा जावलाखेल ग्रुप आफ कम्पनी, नेपाल डिस्टिलरी छ । खाना तथा बस्नका लागि यो महोत्सवमा छुटको व्यवस्थासमेत हुने रेबानले जानकारी गराएको छ । नेपाल आइडलमा गत वर्षका फाइनलिस्ट तथा चर्चित गायक निशाल भट्टराईलगायत अन्य कालाकारको विशेष प्रस्तुतिसमेत हुने आयोजकले जानकारी गराएको छ ।