कारोबार संवाददाता
मंगलबार, पुष १, २०७६
527

नाडा अटोमोबाइल्स एशोसियशन अफ नेपालको नयाँ नेतृत्व चयन भएको छ । नाडाले निवर्तमान उपाध्यक्ष कृष्णप्रसाद दुलाललाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।
नाडाको केन्द्रीय कार्यसमिति सदस्य पदमा १७ जनाको उमेदवारी दर्ता भएकोमा ३ जना उमेदवारले उमेदवारी फिर्ता लिएका थिए । नाडाको संस्थागत सदस्यतर्फ ऋषिकुमार ढकाल, ध्रुवहादुर थापा, नवराज डल्लाकोटी र सुवास आचार्य चयन भएका छन् ।
त्यसैगरी साधारण सदस्यहरुमा करणकुमार चौधरी, आकाश गोल्छा, सुनिल रिजाल, अनुपकुमार बराल, सुरेन्द्रकुमार उप्रेती, विक्रम सिंघानीया, राजनबाबु श्रेष्ठ, अभिक ज्योति, मिलनबाबु मल्ल, दिपककुमार अग्रवाल, निराकार श्रेष्ठ, सुरज भट्टराई, पंकज अग्रवाल र निलमणि पाठक रहेका छन् ।