कारोबार संवाददाता
सोमवार, मंसिर ३०, २०७६
296

नेपाल फाइभपी नेपालभर रहेको प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ र प्रोसेसिङसँग सरोकार राख्नेलाई एकै थलोमा भेला गराई व्यापार साझेदारी नविनतम प्रविधि प्रदर्शन र संवाद गर्न, साझामञ्च प्रदान गर्न एकमात्र उद्योग व्यापार विशेष अन्तर्राष्ट्रिय प्रदर्शनी पुस ४ देखि ६ गतेसम्म भृकुटीमण्डप काठमाडौंमा हुने भएको छ ।
नेपाल चेम्बर अफ कमर्समा आइतबार आयोजित पत्रकार सम्मेलनमा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल चेम्बरको पीएचडी चेम्बरसँग समझदारी पत्रमा हस्ताक्षर भई सहकार्य भइरहेको र २-३ महिना अगाडि मात्र रिजर्भ वायर्स सेलरर्स सम्बन्ध र नेपाल–भारत व्यापार सम्बन्धमा विशेष कार्यक्रम भएकाले मेलामा जिल्ला चेम्बरको सहभागिता हुने जानकारी दिए । उनले नेपाल इन्डिया सेन्टरको स्थापनापछि चेम्बरले यस किसिमका क्रियाकलपाहरूले थप प्रोत्साहनसहित सूचनाप्राप्त गरी द्विपक्षीय व्यापार, लगानी प्रवद्र्धनमा समेत यो मेलाले ठोस अवसरप्राप्त गरिनुपर्नेमा जोड दिए ।

पीएचडी चेम्बर अफ कमर्सका प्रिन्सिपल डाइरेक्टर नविन सेठले नेपाल सार्क क्षेत्रमा दु्रत गतिमा बढिरहेको प्रमुख बजार भएकाले यस प्रदर्शनीले हजारौं संख्यामा रहेका प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ र प्रोसेसिङका खरिदकर्ता र यसै क्षेत्रका निर्णयकर्ताहरूलाई एकै ठाउँमा उभ्याउँदै पेपर, प्रिन्टिङ, प्याकेजिङ र प्रोसेसिङका खरिदकर्ताबीचको सीधासम्पर्क प्रबद्र्धन गर्न आयोजकले विश्वास लिएको बताए । नेपालमा कच्चा पदार्थको प्रमुख निर्यातकर्ता भारत भएकाले पनि भारतबाट आएका १ सयभन्दा बढी कम्पनीले चाइना, ताइवान, जर्मनी इटाली र नेपालका अन्य ५० कम्पनीहरू प्रदर्शनीमा सहभागिता जनाउने उनले बताए । छिमेकी मुलुकहरूबाट मात्र नभई युरोप, अफ्रिका र अन्य एसियाली मुलुकहरूबाट प्रदर्शनहरूको सहभागिता रहने यस प्रदर्शनीलाई अन्तर्राष्ट्रिय स्तरको कार्यक्रमको रूपमा विकास गर्न सक्नु गर्वको विषय भएकाले यस वर्षको नारा ‘बिल्डिङ नेपाल टुगेदर फर अ ब्राइटर टुमारो’ नेपाल फाइभपी प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको सेठले जानकारी दिए ।
नेपाल चेम्बर अफ कमर्स, भारतको पीएचडी च्याम्बर अफ कमर्स, स्क्रिन प्रिन्टिङ एसोसिएसनन अफ इन्डिया र कोरुगेटेड बक्सेस म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपाल यस नेपाल फाइप पीएक्स्पोलाई सफल पार्ने भूमिकामा छन् ।
यस प्रदर्शनीमा प्रोसेसिङस मेसिनरी उत्पादकहरू, स्क्रिन प्रिन्टिङ, कन्टेनर, बी बकक, इन्डक्सन, मोल्डिङ मेसिन, प्रिन्टिङ मेसिन, टेप प्लास्टिक हिटर, अफिस स्टेसनरी मसिनरी, प्रिन्टिङ स्पेर पार्टस, पेपर मेसिनरी, पेपर कप मेसिनरी, सबै खालका कागज र स्पेर पार्टस, सिलाइ मेसिनका उत्पादकहरू, प्याकेजिङ मेसिनरी, यार्प फिल्म उत्पादक, लेबल उत्पादक, कोरुगेट बक्स उत्पादक र अन्य थुप्रै उत्पादकहरूको सहभागिता रहनेछ ।
सप्लायर्स र उत्पादकहरूको माझा मञ्चमात्र नभएर नेपाल फाइभपीले समृद्ध नेपालको रेखांकनमा पनि उत्तिकै योगदान पु¥याउन संसारभरिका उत्कृष्ट प्रविधि र प्रयासहरूलाई भिœयाउने अपेक्षा आयोजकहरूको छ ।
सबै विधाका प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ र प्रोसेसिङस उद्योगहरूले आफ्नो सहभागिता जनाए पनि उच्च कोटिका ब्रान्डहरू जस्तै गुरुचरन इन्ड्रस्टिज, निलगिरी मसिनरिज, जेके पेपर लिएके आर इन्डस्ट्रिज, एनए पिचग्राफिक्स, जेन सिल्क, नर्थ पोइन्ट प्योकजिङ स्विस र प्याकप्रा ओरियन्ट माइक्रो एब्रेसिभस् हेक्सा प्लास्टको सहभागिताले यस प्रदर्शनीको विशेष महत्व राख्छ ।