कारोबार संवाददाता
शुक्रवार, मंसिर ६, २०७६
397

झापाको गौरादह नगरपालिकाका रहेका धार्मिक स्थलको प्रवद्र्धनका लागि महायज्ञको तयारी भइरहेको छ । गौरादहको धार्मिक पर्यटन प्रवद्र्धनका लागि आइतबार देखि आध्यात्मिक सांस्कृतिक पर्यटन महोत्सव २०७६ हुने भएको हो ।
ऐतिहासिक तथा धार्मिक महोत्व बोकेको गौरादहको प्रचार कम भएकाले महायज्ञको तयारी गरिएको आयोजक नेपाल मानव धर्म सेवा समिति गौरादहका महासचिव शंसेर श्रेष्ठले बताए । ‘गौरादह प्रदेशै महत्वपूर्ण पर्यटकीय धार्मिकस्थल हो’ उनले भने, ‘१२ विगाह क्षेत्रफलमा फैलिएका पोखरी र यहाँ रहेका मठमन्दिरको प्रचारमा महायज्ञले सहयोग पुर्याउने छ ।’
मंसिर १६ गते सम्म सञ्चालन हुने महायज्ञमा पुराणा वाचन गरिने छ । मानव धर्मको भवन निर्माण, न्यून आर्थिक अवस्था भएका विद्यार्थीको अध्ययनमा सहयोग महासचिव शंसेर बताउँछन् ।