कारोबार संवाददाता
शुक्रवार, मंसिर ६, २०७६
472

काठमाडौं–चाङ्सा उडान

हिमालय एयरलाइन्स्, नेपाल–चीन संयुक्त अन्तर्राष्ट्रिय वायुसेवा उद्यम, काठमाडौंदेखि चाङ्सालाई जोड्ने थप अर्काे सेवा उपलब्ध गराउने भएको छ । चाङ्सामध्ये चीनको हुनान प्रान्तको राजधानी हो । नेपाल भ्रमण वर्ष–२०२० सुरु हुन अघि नयाँबजार अन्वेषण गर्दै यस प्रान्तबाट नेपाल भित्रिने सम्भावित पर्यटकहरूको प्रवद्र्धन गर्ने र पहिचान बढाउने उद्देश्य राखेको छ । यो नयाँ सेवाका साथ नेपालीहरू सहज, किफायती र सीधा सम्पर्कबाट चीनको नयाँ गन्तव्य स्थल पुग्न सक्नेछन् ।
गुइयाङको ठीकपछि, हिमालयले काठमाडौं र चाङ्साबीचको नयाँ उडान रुट प्रस्तुत गरेको छ । प्रत्येक वर्ष ठूलो संख्यामा पर्यटकलाई आकर्षित गर्ने चाङ्सा चीनकै प्रमुख पर्यटकीय सहर मध्येको एक हो । हिमालय एयरलाइन्सको विमानले हरेक बुधबार काठमाडौंबाट चाङ्सका लागि उडान भर्नेछ र सोही दिन फर्केनेछ । हिमालय एयरलाइन्स् यी दुई सहरबीच सीधा उडान गर्ने एकमात्र एयरलाइन्स हो ।
उद्घाटन उडान नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंसिर ४ गते स्थानीय समय ११ः०३ मा चाङ्साका लागि आफ्नो पहिलो उडान भरेको छ र चीनको चाङ्सा हुवानगुआ अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय १७ः१९ मा अवतरण गरेको छ ।
आवागमन उडान चाङ्साको हुवानगुआ अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय १८ः२८ मा फर्किएको छ र सोही दिन काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय २१ः२३ मा अवतरण गरेको छ ।
एयरलाइन्सका प्रशासन उपाध्यक्ष विजय श्रेष्ठले भने, “चीनबाट हुने यात्राबाट अधिकतम लाभ लिनका निम्ति बेइजिङ र गुइयाङबाहेक पनि चीनका अन्य सहरहरूमा काठमाडौंले अझ बढी सञ्जाल विस्तार गर्न आवश्यक रहेको हामीले विश्वास गरेका छौं । नेपाल–चीनको सञ्जाललाई अझ सुदृढ बनाउन चीनमा अझ अर्काे नयाँ रुट थप गर्न पाएकोमा हामी एकदमै खुसी छौं । यसरी नयाँ रुटहरू थप गरेर हाम्रो ट्रान्स(बोर्डर सञ्जाललाई गहन बनाउँदै नेपाल र चीन दुवै देशका व्यावसायिक तथा भ्रमणमा आउने यात्रुहरूका लागि महत्वपूर्ण विकल्पहरू उपलब्ध गराइएको छ ।”
चीनले नेपाललाई नयाँ फुर्सदको समय बिताउने गन्तव्यका रूपमा स्थानमा गरेको छ जुन विगतका केही वर्षहरूमा नेपालमा चिनियाँ पर्यटकहरू वृद्धि हुनुको प्रमुख कारण हो । विगत केही वर्षदेखि नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकको संख्या निरन्तर बढ्दै गएको छ । सन् २०१९ को अक्टोबरको तथ्यांकअनुसार कुल १३ हजार ४ सय ८९ चिनियाँ पर्यटक नेपाल भित्रिएसँगै चीन नेपाल भ्रमणमा आउने पर्यटकहरूको संख्यामा पहिलो स्थानमा छ ।
यो नेपाल भित्रिने पर्यटक संख्याको कुल १०.४५ प्रतिशत हो । सन् २०१९ (जनवरीदेखि अक्टोबरसम्म)को वार्षिक तुलना गर्ने हो भने कुल १३४ हजार २८१ चिनियाँ पर्यटक भित्रिएसँगै नेपाल भ्रमणमा आउने पर्यटकहरूको संख्यामा चीन दोस्रो स्थानमा भए साथै सन् २०१८ को यसै अवधिको तुलनामा ९.२ प्रतिशतले वृद्धि भएको छ । गुइयाङ–काठमाडौं नयाँ सञ्जालसँगै एउटा ठूलो तवरले नेपालको पर्यटन अर्थतन्त्रमा आफ्नो योगदान पु¥याउने विश्वास र आशा राखेको छ ।
अध्यक्ष जोउ इन्योङ व्यक्त गर्छन्, “पूर्ववत् बेइजिङसँगै हामीले चीनको गुइयाङ र चाङ्समा उडानको थालनी गरेर चीनमा हाम्रो उपस्थितिलाई अझै व्यापक बनाएका छौं । अब यात्रुहरूका लागि नेपाल चीनबीच दुइटा थप नयाँ प्रवेशद्वार हुनेछ । हालसम्म घोषणा गरिएका रुटहरू हिमालय एयरलाइन्सको सञ्जाल विस्तार गर्ने भविष्यका धेरै सम्भावनहरू मध्येको एक हो जसले नयाँ रुट तथा स्पष्ट वार्षिक उडान तालिकाहरू उपलब्ध गराएको छ ।”
काठमाडौं–चाङ्साको नयाँ थप सञ्जाल जोडिएसँगै नेपालको पर्यटकीय अर्थतन्त्रमा ठूलो तवरबाट योगदान दिने र नेपाल चीनबीचको द्विपक्षीय सम्बन्धलाई सबै सम्भावित पक्षबाट बलियो बनाउनेछ भन्नेमा हिमालय एयरलाइन्स् आशा गर्छ ।
हिमालय एयरलाइन्स
नेपाल–चीन संयुक्त उद्यमका रूपमा सन् २०१४ अगस्टमा स्थापित हिमालय एयरलाइन्स् अन्तर्राष्ट्रिय उडान सेवा उपलब्ध गराउ“दै आएको निजी वायुसेवा कम्पनी हो । ‘हिमालय’ शब्दले नेपालको पहाडहरूलाई संकेत गर्छ, जुन देशको नाम उ“चो बनाउन प्रतिबद्ध छ, त्यसरी नै हिमालय एयरलाइन्स उच्च उडान लिएर आफ्नो नामलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन आकांक्षा राख्छ । सुरक्षा, भरपर्दाे सेवा र समयमै सेवा उपलब्ध गराउने उद्देश्यका साथ स्थापित यस एयरलाइन्सले नेपालमा आफ्नो उच्च पहिचान कायम गरिसकेको छ । एउटा विमान र एउटा गन्तव्यबाट आफ्नो काम सुरु गरेको एयरलाइन्सले तीन वर्षको छोटो अन्तरालमै आफ्नो स्वामित्वमा तीनवटा ए३२० जहाज कायम गर्न र पा“चवटा गन्तव्य स्थानमा उडान भर्ने क्षमता विकास गरेको छ । एयरलाइन्सले आफ्नो पहिलो उडान मे ३१, २०१६ मा कतारको दोहाका लागि भरेको थियो र तत्पश्चात् विभिन्न एसियाली मुलुकहरूमा आफ्नो सञ्जाल विस्तार गरेको र हालै सन् २०१९ मा यूएईको आबुधावी, बंगलादेशको ढाका र चीनको बेइजिङलाई आफ्नो सञ्जालमा जोडेको छ । अहिले हिमालय एयरलाइन्सले अबुधाबी, दमाम, दोहा, ढाका र बेइजिङमा उडान सेवा भर्दै आएको छ । साउदी अरेबियाको दमाममा ऐतिहासिक सञ्जाल विस्तार गरेर साउदी अरेबिया र नेपाल जोड्ने एक मात्र एयरलाइन्स् हिमालय एयरलाइन्स् हो र हाल चीनमा उडान भर्ने एक मात्र नेपाली एयरलनइन्स हो ।
८ बिजनेस क्लास र १५० इकोनोमी क्लास सीट भएका ए ३२०–२१४ सिरिजका ३ वटा न्यारो–बडी एयरक्राफ्टले सेवा उपलब्ध गराउ“दै आएका छन् । साथै निकट भविष्यमा नै ल्हासा जस्ता उच्च स्थानमा उडान भर्नका निम्ति एयरलाइन्स्ले ए ३१९ जहाज खरिद गर्ने योजना पनि बनाएको छ । चीनस“ग सञ्जाल विकास गर्ने विचार गरी एयरलाइन्सले बेइजिङमा पहिलो उडान सुरुवात गर्दै क्रमशस् चाङसा, नाङचाङ, गुइयाङ, चोङकिङ, अलि र शेन्जेङमा विस्तार गर्नेछ ।
व्यावसायिक रूपमा काम सुरु गरेको एक वर्षमै हिमालय एयरलाइन्स्ले सन् २०१७ मा दक्षिण एसियाली ट्राभल अवार्ड (साटा)को ‘लिडिङ न्यू–इन्टरनेसनल एयरलाइन्स इन साउथ एसिया’ अन्तर्राष्ट्रिय अवार्ड सम्मान प्राप्त गरेको थियो । यस अवार्डले गुणस्तरीय सेवाको विकास र सञ्जाल विस्तारमा एयरलाइन्सले गरेको अथक प्रयासको सम्मान गरेको छ र आगामी दिनमा उड्डयन क्षेत्रमा हिमालय एयरलाइन्सलाई अझै परिस्कृत गर्दै लैजान ऊर्जा प्रदान गरेको छ । हिमालय एयरलाइन्सको टोली बहुसांस्कृतिक र विविध पृष्ठभूमिबाट निर्मित छ र ‘अथिति देवो भवः’ ग्राहक नै भगवान भन्ने वर्षौं पुरानो परम्परालाई मनन् गर्दै विशुद्ध नेपाली सत्कारसहित उच्च गुणस्तरीय ग्राहक सेवा उपलब्ध गराउन प्रतिबद्ध छ ।