कारोबार संवाददाता
मंगलबार, कार्तिक २६, २०७६
316

कतार एयरवेजले भारतको सबैभन्दा ठूलो यात्रुबाहक एयरलाइन इन्डिगोसँग कोडसेयर सम्झौतामा हस्ताक्षर गरेको छ । पहिलो कोडसेयर फ्लाइट पुस २ गतेदेखि सञ्चालन हुने भएको छ । यस सम्झौतासँगै कतार एयरवेजले दोहादेखि दिल्ली, मुम्बई र हैदराबादसम्मका इन्डिगोका फ्लाइटहरूमा आफ्नो कोड राख्नेछ ।
यो सम्झौता ‘संसारकै सर्वश्रेष्ठ एयरलाइन’ र ‘न्यून लागतको सर्वश्रेष्ठ भारतीय एयरलाइन’ बीचको सम्बन्ध मजबुत बनाउने पहिलो कदम हो ।