दीपेन्द्र थापा
शुक्रवार, आश्विन १७, २०७६
2018

चाडपर्व नजिकिएसँगै नेपाल वायुसेवा निगमको जापानको ओसाका उडानमा यात्रुको चाप बढेको छ । दशैं तिहार छठ सुरु भएसँगै काठमाडौं–ओसाका–काठमाडौं उडानमा यात्रुको चाप बढेको निगमले जनाएको छ । नेपालीहरु पर्यटकीय सिजन सुरु भएको र चाडवाडमा नेपालीहरु नेपाल आउने क्रम सुर भएसँगै निगमको उडानमा यात्रुको चाप भएको निगमका सहायक प्रवक्ता सुलेश मिश्रले बताए । भदौ १२ बाट ओसाका उडान थालेको निगमले यात्रु कम भएसँगै साप्ताहिक उडान कटौती गर्दै हप्तामा दुई उडान थालको थियो । “यात्रुको चाप बढेपछि साप्ताहिक ३ उडान कायम गरेका छौं” निगमका सहायक प्रवक्ता सुलेश मिश्रले भने, “विगतमा यात्रुको चाप कम भएपनि चाडपर्व आएपछि यात्रुको चाप बढेकालनिगम उत्साहित भएको छ ।”
दशैं तिहारमा नेपाल आउने भएकाले चाप भएको र दसैं तिहारपछि जापान फर्किने यात्रु भएकाले असोज–कात्र्तिकमा दुईतर्फी टिकट बिक्री सकिएको सहायक प्रवक्ता मिश्रको भनाई छ । उनले भने, “यो समयमा २ सय ७४ सिट क्षमताको वाइडबडी विमानमा ओसाका काठमाडौं रुटमा २ सय ४३ सिट खरीद भएको र काठमाडौं ओसाका उडानमा १ सय ७५ सम्म यात्रुको चाप रहेको छ, दसैंं तिहारपछि यात्रु फर्किने भएकाले यो सख्या वृद्धि भएर २ सय ७४ नै पुग्नेछ भने ओसाकाबाट काठमाडौं फर्किने रुटको बिजनेस श्रेणीका १८ सिट नै प्याक भएको छ ।”
निगमले यात्रुको चाप बढेसँगै भाडा समेत बढाएको छ । प्रमोशन फियर काठमाडौं–ओसाका भन्दै दुई भाडा दर ७० हजार निर्धारण गरेको निगमले अक्टोबरबाट इकोनमी टिकटमा १ लाख १० हजार र बिजनेस क्लासको टिकटमा १ लाख २० हजार रुपैयाँ कायम गरेको छ । निगमका २ वटा वाइडवडी विमान–३३० ले मंगलबार, बिहीबार र शनिबार साप्ताहिक रुपमा तिन उडान गर्दै आएका छन् । निगमले नोभेम्बरपछि नारिता विमानस्थलमा उडान गर्ने गरी आन्तरिक तयार गरिरहेको छ । ओसाका र नारिता दुवै गन्तव्यमा उडान गर्ने गरी निगमले तयारी गरिरहेको जनाएको छ । गोन्जाओ उडानको लागि चिनियाँ पक्ष सेफ्टी अडिटका लागि नोभेम्बरभित्र आएसँगै चीनमा पनि चाँडै उडान गर्ने निगमले जनाएको छ । त्यस्तै साउदी अरबको रियादमा उडान गर्नका लागि जनरल सेल्स ऐजेन्ट (जियए) छनोट गर्ने प्रकृया अगाडि बढेको मिश्रले बताए । दसैंमा निगमको आन्तरिक उडानमा गरिरहेको र यात्रुको चाप बढेको जनाएको छ ।
दसैंमा गुड्ने भन्दा उडेर जाने यात्रुको संख्यामा वृद्धि भएसँगै हवाई यात्रमा नियमित भन्दा ५० प्रतिशत उडान संख्या थप भएको छ । वायुसेवा सञ्चालक संघ नेपालका प्रवक्ता योगराज कंडेल शर्मा पहिलो चरणमा २० र दोश्रो चरणमा ३० प्रतिशत नियमित भन्दा अतिरिक्त उडान थप गरेका बताए । नियमित भन्दा करिव ५० प्रतिशत थप उडान गरिँदा पनि माग अनुसारको आपूर्ति गर्न नसकेको अवस्था रहेको कडेलले बताए । माग बढेसँगै उडान थप गर्न विमानस्थल कार्यालयमा निवेदन दिएर उडान थप गर्न सक्ने अधिकार नागरिक उड्डयन प्राधिकरण प्रत्यायोजन गरेको छ । दसैंमा माग अनुसारको आपूर्ति गर्न विमान सञ्चालक कम्पनीले उडान थप गर्ने गरेको विमानस्थलका अधिकारीहरुले जनाएका छन् ।

१४ लाख यात्रु बाहिरीए
दसैंका लागि काठमाडौबाट बाहिरीने यात्रुको संख्या १४ लाख पुगेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालले बताए ।
उपत्यका प्रवेश सवारीको संख्या – १ लाख ४३ हजार १ सय ६४
उपत्यकाबाट बाहिरएको सवारी संख्या– १ लाख ५५ हजार ८ सय ७७
उपत्यकामा यात्रुको प्रवेश संख्या–८ लाख ४२ हजार २ सय ४९
उपत्यकाबाट बाहिरिएका यात्रुको संख्या– १४ लाख १३ हजार ३ सय ५६

उपत्यकाको १४ स्थानमा नागरिक सहायता कक्षमा लिखित उजुरी १० आएको र मौखिक उजुरी बढी आएको प्रमुख ढकालले बताए । यात्रुहरुले अग्रिम टिकट नपाएको, बसको नम्बर फरक परेको, भाडा बढी लिएको र टिकट काटेर यात्रुलाई नलिइ गएकोलगायतका गुनासो आएको र कारवाही गरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यो समयमा मादक पदार्थ सेवन गरेका एक हजार १ सय २१ जना कारवाहीमा परेको महाशाखाले जनाएको छ । ट्राफिक कम्यूनिकेशन एप्स मार्फत् लामो दुरीमा २ चालक प्रयोग नगरेका २२ यात्रुबहाक सवारीलाई कारवाही गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख
प्रहरी वरिष्ठ उपरिक्षक
भिमप्रसाद ढकाल
चाडपर्वलाई लक्षित गरेर महाशाखाले उपत्यका र उपत्यकाको नाकामा बाहिरीने र प्रवेश गर्ने सवारीलाई सहजीकरण गरिरहेको छ । यान्त्रिक परीक्षण गरेर नयाँ बसपार्कबाट सवारी पठाउने गरिएको छ । २ दिनमा १९ जनालाई कारवाही गरेर थुनामा राखिएको छ । ट्राफिक प्रहरी यात्रुको यात्रा सहजीकरण गरिरहेको जनाएको छ ।