कारोबार संवाददाता
बिहिवार, आश्विन २, २०७६
313

नेपाल वायुसेवा निगमले ज्येष्ठ नागरिरलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले गत महिना ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने योजनाको सरकारी निकायको हवाई सेवा प्रदायक कम्पनी निगमले असोज १ बाट कार्यान्वयनमा ल्याएको छ ।
निगमले नागरिकको सम्मान स्वरूप नेपाल वायुसेवा निगमले ७० वर्ष नाघेका ज्येष्ठ नेपाली नागरिकका लागि आन्तरिक उडानको भाडामा ५० प्रतिशत छुट दिने व्यवस्था गरेको जनाएको छ ।

निगमको निर्णयअनुसार यो व्यवस्था असोज १ गतेदेखि लागू हुनेछ । ज्येष्ठ नागरिकले ७० वर्ष पुगेको प्रमाणित कागजात उपलब्ध गराएपछि ५० प्रतिशत छुटको टिकट निगमको कार्यालयबाट उपलब्ध गराइनेछ ।
मन्त्री भट्टराईले घोषणा गर्नुभएको कार्यक्रमहरूमध्ये ५० प्रतिशतको छुटसमेत समावेश भएकाले निगमले त्यसलाई कार्यरूपमा ल्याउन ५० प्रतिशत छुटको व्यवस्था गरेको हो ।
संस्थागत सामाजिक उत्तरदायित्वलाई कार्यरूप दिन क्यान्सर पीडित बिरामीहरूलाई पनि निःशुल्क र छुटका टिकट उपलब्ध गराउँदै आएको छ निगमले जनाएको छ ।