कारोबार संवाददाता
मंगलबार, भदौ ३१, २०७६
431

मौसमा आएको खराविले गर्दा लुक्लाबाट काठमाडौंका लागि उडेको ८ हेलिकप्टर मध्य २ मात्र काठमाडौंमा अबतरण गरेका छन् । वायुयान संचालक संघका प्रवक्ता योगराज कंडेलका अनुसार लुक्लाबाट ८ हेलिकप्टर उडान गरेकोमा बीचमा खराव मौसम विकास भ्एर विभिन्न ठाँउमा अवतरण गरेर बसेको अवस्था छ ।
मौसममा सुधार हुने वित्तिकै काठमाडौंमा उडान गर्ने बताए । सिम्रिकको ४,अल्टिच्युटको १,एयर डाइनास्टिको १,कैलासको १,मनाङको १ फिस्टेलको १श्रीएरको १ जस्मध्य २ हेलिकप्टर सिम्रिक र कैलाशको काठमाडौं ल्यान्ड भएको कंडेलको भनाई छ । सिम्रिकको ३ हेलिकप्टर मध्य २ धुलिखेलमा र १ खरिखोलामा छन । अन्य हेलिकप्टर हरु रामेछाप,सुर्के,रोसिखोला,वासा मौसम सुधारको प्रतिक्षामा रहेका छन्  ।

प्रत्येक हेलिकप्टरले ५ जना यात्रु ल्याएका छन। शनिवार बाट लुक्लाको मौसम सुधार नहुदाँ उडान हुन सकेको छैन । करिव ३ सय यात्रु रहेका छन् । ११ हेलिकप्टर मध्ये ९ बाटोमा नै अवतरण गरेर बसेको कंडेलको भनाई छ ।
मौसमी खराबीका कारण भिजिबिलिटी कम हुँदा हेलिकप्टर काठमाडौं अवतरण हुनसकेका छैनन्। 
दिपेन्द्र थापा, रजनी श्रेष्ठ