कारोबार संवाददाता
बिहिवार, श्रावण २, २०७६
370

नेपाल भ्रमण गर्ने पर्यटकको संख्या गत वर्षभन्दा १२.६ प्रतिशतले वृद्धि भएको छ । नेपाल पर्यटन बोर्डका अनुसार गएको जनवरी–जुनसम्म ५ लाख ८५ हजार ५ सय ३१ पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।
गत वर्षको सोही अवधिमा ५ लाख बढी २० हजार मात्र पर्यटक आएका थिए । हाल भने हवाईमार्ग हुँदै  ४ लाख ९० हजार ५ सय ४३ र स्थलमार्ग हुँदै ९४ हजार ९ सय ९७ पर्यटक नेपाल आएको अध्यागमन विभागले जनाएको छ ।
सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको भए पनि आँकडाले भने पर्यटक आगमन सुस्ताएको देखाएको छ । बोर्डको तथ्यांकअनुसार ६ महिना भारतबाट १ लाख ३ हजार चीनबाट ८५ हजार ३ सयको संख्यामा पर्यटक आगमन भएको छ । यो अवधिमा सार्क मुलुकबाट १०.४, एसियाबाट २०.८, युरोपबाट २.३२, अमेरिकाबाट ९.९ प्रतिशतले वृद्धि भएको तथ्यांकले देखाएको छ ।