दीननाथ बराल
मंगलबार, असार ३१, २०७६
386

पोखरामा पर्यटकको बसाई अवधि लम्बाउने उद्देश्यले पोखरा महानगरपालिका–११ मा पर्ने काहुँडाँडामा विशाल बुद्धको मूर्तिसहितको धर्मकाया बुद्धमण्डला निर्माण गर्ने तयारी गरिएको छ । पोखराको पर्यटन प्रबद्र्धन गरी पोखरामा आएका पाहुनाको बसाई अवधि लम्बाउने उद्देश्यले पोखराको काहुँडाँडामा धर्मकाया बुद्धमण्डला निर्माण गर्ने तयारी सुरु भएको समितिका अध्यक्ष रुद्रकुमारी गुरुङले बताइन् ।
सात अर्ब रुपैयाँ लागतमा निर्माण हुन लागेको उक्त प्रोजेक्टलाई सफल पार्न विदेशी तथा स्वदेशी दाताहरूबाट हालसम्म करिब ८ करोड रुपैयाँ संकलन भएको समितिका अध्यक्ष मैनाले बताइन् । उनका अनुसार ८० मिटर अग्लो बुद्धको मूर्ति, यशोधापार्क, ध्यान केन्द्र, लामा गुरु तथा भिक्षुहरूको आसाव गृह, सभाहललगायतका संरचना निर्माण गरिने योजना छ ।

राट्रिय गौरवको योजनाका रूपमा आफूहरूले लिए पनि उक्त प्रोजेक्टलाई प्रदेश सरकारले चालू आर्थिक वर्षदेखि सहयोग गर्दै आएको अध्यक्ष मैनाले बनाइन् । बेलायत, सिंगापुरलगायतका देशबाट करिब ५ करोड संकलन भएको उनले बताइन् । काहुँडाँडामा ६ रोपनी जग्गा समितिले किनेको छ । थप दुई रोपनी जग्गा स्थानीयबाट भूमि दानका रूपमा प्राप्त भएको हो ।
६ रोपनी जग्गाको सट्टाभर्ना गर्दा समितिले करिब १२ रोपनी जग्गा खरिदमा धेरै मुल्य चुकाउनु परेकोे उनले जनाइन् । समितिसँग हाल करिब १ करोड बैंक ब्यालेन्स छ । समितिले हाल वनको सरकारी जग्गा करिब १ सय ७० रोपनी जग्गा प्राप्तिका लागि हाल प्रक्रियामा छ । स्थानीय हेम गुरुङ, एकबहादुर गुरुङ र गमबहादुर गुरुङले करिब एक रोपनी जग्गा उपलब्ध गराउने वचन दिएको मैनाले जनाइन् । समितिले वातावरणीय प्रभाव मूल्याङकन प्रतिवेदन (आईईई) समेत गरिसकेको अध्यक्ष मैनाले जनाइन् ।
उक्त अभियानलाई सफल पार्न गण्डकी प्रदेश सरकारले चालू आर्थिक वर्ष र आगामी आर्थिक वर्षमा २०÷ २० लाख रुपैयाँ सहयोग गरेको छ । समितिले थप ४ लाख लगानी गरी २४ लाखको लागतमा रिटेलिङ वाल लगायने काम गरेको हो । ७० मिटर लम्बाइमा हाल रिटेलिङ गरिएको समितिले जनाएको छ ।
पोखरा–११ काहुँडाँडामा ठूलो बुद्धको मूर्तिसहितको पोखराको पर्यटन प्रबद्र्धनका लागि धर्मकाया बुद्धमण्डला निर्माणका लागि पोखरालाई बुद्धसर्किटसँगै जोड्दै पर्यटन प्रबद्र्धनको लागि काहुँडाँडामा धर्मकाया बुद्धमण्डला निर्माणका लागि प्रारम्भिक चरणमा एक अर्बको बजेटको प्रस्ताव गरिएको छ । करिब १ हजार ४ सय मिटरको उचाइमा पर्ने काहुँडाँडामा काहुँधरहरा डाँडा, उक्त स्थानबाट हिमश्रृंखला सहितको दृश्यसमेत अवलोकन गर्न सकिन्छ ।
तत्कालीन पश्चिमाञ्चल क्षेत्रीय प्रशासनका प्रमुख दिनेशकुमार थपलिएको अवधारणमा काहुँडाँडामा उक्त प्रोजेक्टको सुरुवात भएको थियो । केही समयअघि पोखरा आएका एक जना दाताले आफ्नो नामसमेत नखुलाइकल २ करोड १५ लाख सहयोग प्राप्त भएको अध्यक्ष मैनाले बताइन् । पोखराको बृहत् योजना भएकाले पोखरेलीहरूसँग भने यस प्रोजेक्टको विषयलाई लियसर रकम संकलन अभियान नभएको उनले बताइन् ।
समितिका सल्लाहकार असोक पालिखेले आईईईको रिपोर्ट पर्यटन मन्त्रालयमा पेस गरेको त्यसको निर्णय आउन साथ आफूहरूले उक्त प्रोजेक्टलाई थप काम अघि बढाउने बताए । जनसहभागिता र विदेशमा रहेका स्वदेशी तथा विदेशी दाताबाट उक्त प्रोजेक्टमा लगानी हुने विश्वास व्यक्त गरे । सामुदायिक वन भोगचलनका लागि स्थानीयबाट अनुमति लिएसँगै मन्त्रालयबाट अनुमति लिने प्रक्रियामा रहेकोे उनले जनाए । काहुँडाँडामा निर्माण हुने उक्त प्राजेक्टको मास्टर प्लान भने सिंगापुरमा निर्माण हुने भएको उनले जनाए ।
पोखरा महानगरपालिका–११ का वडा अध्यक्ष मोहन बाँस्तोलाले समितिलाई आवश्यक पर्ने सिफारिसपत्र वडाबाट दिएको बताए । उनले भने, “समितिले जुन रूपमा उक्त प्रोजेक्टलाई अघि बढाउनु पर्ने हो त्यो खासै देखिएको छैन, केही प्राविधिक कुराले रोकिएको पनि हुन सक्छ तर उनीहरूले रकम भने विदेशबाट संकलन गरेको सुनेको छु ।”