कारोबार संवाददाता
शुक्रवार, असार २७, २०७६
289

हिमालय एयरलाइन्सले धेरै समयदेखि पर्खाइमा रहेको काठमाडौं-ढाका-काठमाडौंको सीधा उडान साउन ६ गतेदेखि सञ्चालनमा ल्याउने घोषणा गरेको छ । एयरलाइन्स्ले १५० इकोनोमी क्लास र ८ वटा प्रिमियम इकनोमी क्लासको सिट क्षमताको न्यारोबडी जहाज ए ३२०–२१४ उक्त रुटमा सञ्चालनमा ल्याउने भन्दै व्यावसायिक तथा घुमघाम प्रयोजनका लागि बंगलादेश जाने दुवै प्रकृतिका यात्रुहरूका लागि नया“ उडान तालिका सार्वजनिक गरिएको जनाएको छ ।
एयरलाइन्सका अनुसार नेपाली पयर्टनका लागि बंगलादेश ठूलो बजार हो, त्यसलाई लक्षित गर्दै बंगलादेशी पर्यटकलाई नेपालसम्मको पह“ुच विस्तार यो सञ्जालको मुख्य प्राथमिकता हुनेछ । एयरलाइन्सले मध्यपूर्वी एसिया गन्तव्य स्थलहरू दोहा, दुबई-आबु धावी, दमामको नियमित उडानस“गै, ढाकाको नया“ उडानले बंगलादेशीसहित मध्यपूर्वी एसियाका यात्रुका लागि काठमाडौं एउटा ट्रान्जिट हबको विकल्प बन्नेछ भन्दै उपाध्यक्ष विजय श्रेष्ठले अर्काे एसियाली मुलुक बंगलादेशको ढाकामा हाम्रो सञ्जाल विस्तार गर्न पाएकोमा प्रसन्न रहेको बताए ।

उनले कम्पनीको यो पहलले छिमेकी मुलुकहरूमा नेपालको पर्यटन र व्यवसाय प्रवद्र्धनमा टेवा पु-याउनेमा विश्वस्त रहेको भन्दै विशेषत दुई देशबीचको सम्बन्धलाई अझै मजबुत बनाउ“दै यस सञ्जालले नेपाल र बंगलादेशबीच व्यावसायिक अवसरहरू सिर्जना गर्नेछ र मुख्यतः मध्यपूर्वी मुलुक र बंगलादेशबीच पुल बन्दै सेवा प्रवाह गर्ने पनि बताए । “सदाझैं हिमालय एयरलाइन्स् नेपाली सत्कारका साथ हाम्रा मूल्यवान यात्रुहरूलाई निरन्तर उत्कृष्ट सेवा उपलब्ध गराउन प्रतिबद्ध रहनेछ ।”
एयरलाइन्सस“ग नया“ एयरबस ३२०–२०० को तीनवटा जहाज छ । एयरलाइन्सले साताको तीनदिन उपयुक्त समयमा ढाका उडान भर्नेछ, जसमा एच९ ६७८ काठमाडौंबाट स्थानीय समय ११ः१० मा उडान भर्ने र स्थानीय समय १३ः१० मा ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रने बताएको छ । साथै एच ९ ६७९ विमानले ढाकाबाट स्थानीय समय २ः१० मा उडान भर्ने र त्यही दिन काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ३ः२० मा उत्रने पनि कम्पनीले जनाएको छ । दुईतर्फी उडानमै प्रिमियम इकनोमी क्लासमा २५ किलोसम्मको ब्यागेज निःशुल्क हुनेछ र इकनोमी क्लासमा २० केजीसम्मका लागि छुट हुनेछ । एयरलाइन्सले समयनिष्ठामा उडान सुनिश्चित गर्ने उद्देश्य राखेको भन्दै एयरलाइन्सले एसएयर एयर बीडी लिमिटेडलाई आफ्नो साधारण बिक्री एजेन्ट (जीएसए) को रूपमा नियुक्त गरेको जनाएको छ ।