कारोबार संवाददाता
शुक्रवार, असार २७, २०७६
1098

यति एयरलाइन्सको विमान चिप्लिएको कारण बन्द रहेको त्रिभुवन विमानस्थल १ वज सम्म पनि खुल्न सकेको छैन ।

यति एयरलाइन्सका  प्रवक्ता भिम राज राईका अनुसार  भारी  वर्षाका कारण चिप्लिएको विमान निकाल्ने प्रयाश भैरहे पनि सफलता नमिलेको बताए । 'विमान निकाल्न नसकिएको कारण आन्तरिक र वाहिय उडानहरु अवरुद्द भएका छन् ' राईले   भने  

शुक्रबार बिहान ''यति एयरलाइन्स''को जहाज धावनमार्गबाट चिप्लिएपछि विमानस्थल अनिश्चितकालका लागि बन्द गरिएको अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल ड्युटी अफिर (टिडिओ) ले जनाएका छन् । यो अवधिभित्र चिप्लिएर घाँसेमैदानमा धसिएको विमान निकाल्ने प्रयास भइरहेको छ । अफिसरका अनुसार साढे ११ बजेदेखि अनिश्चितकालका लागि विमानस्थल बन्द गरिएको छ । जहाज धावनमार्गबाट चिप्लिएपछि नोटाम जारी गरिएको छ।  जहाज निकाल्न नसकिए पुनः नोटामको समय लम्बिने छ।  हाल बंगलादेशबाट आएको विमान भारतको दरभंगामाथिको आकाशमा होल्डमा फन्को लगाइरहेको छ भने दोहाबाट आएको कतारको जहाज भारततर्फ डाइभर्ट भएको छ। उक्त दुर्घटना बिहान ११:६ बजे भएको हो । त्रिभुवन विमानस्थलमा अवतरण गर्ने क्रममा रहेका जहाजहरु डाइभर्ट भएका छन् भने केही जहाज होल्डमा छन् ।नेपालगञ्जबाट यात्रु बोकेर काठमाडौं आएको यती एयरलाइन्सको विमान अवतरणको क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएको हो  । 
देशका विभिन्न छेत्रबाट आउने सबै उडान रोकिएर बसेका छन् । बिराटनगरबाट ११ बजे काठमाडौँ आउनु पर्ने विमान ४ वज सम्मको लागि रोक्का गरिएको यात्री शिव न्योपानेले कारोबारलाई बताए ।

     हामीलाई उडाउनको लागि विमान भित्र केहि समय राखेर पुन: विमान स्थल टर्मिनलमा नै फर्काईएको छ । '' उनले भने ।