प्रकाश पाक्साँवा
बुधवार, जेठ ८, २०७६
236

कोसी राजमार्गको ठ्याक्कै पारी पट्टी तेह्रथुमको छथर गाउँपालिका छ । जिल्लाको पश्चिमी क्षेत्रमा रहेको यो गाउँपालिकाको काखमा रमाइरहेको छ चाङलुङ गुफा । केही वर्ष अघिसम्ममा झोरझाडी जंगल र ओडार झै देखिँदा यहाँका स्थानीयहरू गुफामा पुग्नै डराउने गर्थे । ओझेलमा रहेको गुफालाई देवस्थलको रुपमा पूजाआजा गर्दै आएका थिए यहाँका स्थानीयहरू । गाउँपालिकाकै धेरै थाहा थिएन यो गुफाको बारे । दुई वर्षसम्म गुमनाममा रहेको गुफा संरक्षणका स्थानीय युवाहरूको सक्रियतामा सुरु गरेपछि प्रचारमा आउन थालेको हो । धनकुटाको सिधुवादेखि सवारी साधानमा करिब १ घण्टामा पुग्न सकिने गुफा पछिल्लो समय पर्यटकहरूको रोजाइमा पर्न थालेको छ । आन्तरिक पर्यटकहरूको रोजाइमा रहेको गुफामा पछिल्लो समय दैनिक ५० देखि सय जना गुफा अवलोकनमा लागि आउने गरेका छन् ।
खासगरी मेलापर्वहरूमा भने पर्यटकहरूकाृ घुइँचो हुन थालेको छ । चारैतिर हरियाली बनको काखमा रहेको गुफासँगै निर्माणाधीन भ्यू–टावरमा पर्यटकहरू रमाउने गरेका छन । गुफा क्षेत्रमा आवातजावात सहज बनाउनका लागी सिडी तथा रेलिङहरू निमार्ण गरीएको छ । यो गुफामा दर्शन गरी भाकल गरे मनोकाक्ष पूरा हुने विश्वास रहँदै आएको छ । स्थानीय युवाहरूको सक्रिय तथा ताक्लुङ तक्मिनाक्ला संरक्षण समितिको अगुवाईमा गुफालाई संरक्षण सम्बद्र्धनमा जुटेपछि प्रचारमा आउन थालेको थियो ।

छथर गाउँपालिकाले गुफालाई पर्यटकीय रूपमा विकास गर्न आर्थिक वर्ष ०७४÷७५ मा ५ लाख र ०७५÷७६ मा ७ लाख रुपैयाँ बिनीयोजन गरेको थियो । रकम बिनियोजन पछि गुफामा भ्यू–टावर निर्माण चारैतिर सिडीहरू, बस्ने चौतारीका साथै बिभिन्न गुफाहरू पहिचान गरिएको छ । २ वर्ष पहिलोसम्म झाँडी वन रहेको बनलाई युवाहरूको सक्रियता र स्थानीय सरकारले गुफालाई पर्यटकीय रूपमा विकास गर्न चासो दिएपछि पर्यटकहरूको नजरमा पर्न थालेको हो । जिल्ला सदरमुकाम म्याङलुङदेखि करिब ४ घण्टा पैदल हिँडेर पुग्न सकिने यो स्थानको आफ्नै विशेषता रहेको स्थानीयको भनाइ छ । ढुंगैढुङ्गाको चाङ रहेको लिम्बू भाषामा चाङलुङका रूपमा भनिँदै आएको चाङलुङ अपभ्रंश भई गुफाको नाम ‘च्याङलुङ’ रहन गएको संरक्षण समितिका पूर्वअध्यक्ष सचिव कमान सिंह आँखेवाले बताए ।
यो गुफाबाट परापूर्वकालमा एक जना बिज्वानी र कुकुरसँगै छिर्दा बिज्वानी बीचैमा हराए पनि कुकुर भने सुदापकै डाँडेगौडा भन्ने स्थानमा निस्किएकोले गुफाको माथिल्लो भागलाई कुकुर छिर्ने भनिएको किम्बदन्ती रहेको स्थानीयको भनाइ छ । गुफा परिसरमा पर्यटकहरूलाई आकर्षित गर्न बिभिन्न पार्क निर्माण सुरु गरीएका छन । गुफाको भ्यू–टावरमा बाघको आकृति निर्माण भइरहेको छ । गुफाको प्रचार–प्रसार संरक्षण तथा सम्बद्र्धनका लागि स्थानीय सरकारले रकम विनियोजन पछि भौतिक निर्माणका कामहरू हुँदै आएको छ । गुफालाई छथर क्षेत्रको मात्र नभई जिल्लाकै पर्यटकीय गन्तब्यको रूपमा बिकास गर्न स्थानीय सरकारले चासो दिनुपर्ने संरक्षण समितिका पूर्वअध्यक्ष महेन्द्र मादेनले बताए ।
स्थानीय सरकार गठनपछि पर्यटकीय गन्तब्यका रूपमा विकास गर्न गुफालाई गाउँपालिकामा योजनाका रूपमा अघि सारेको छथर ६ का वडाध्यक्ष टेकराज आँखेवाले बताए । गुफा प्रबद्र्धनका लागी स्थानीयको श्रमदान र स्थानीय सरकारले रकम बिनियोजन गरी काम भइरहेको आँखेवाले बताए । गुफाको डीपीआर निर्माणका गरी पर्यटन बोर्डबाट रकम विनियोजनमा लागि पहल गर्ने उनले बताए । १ सय २० मिटर लामो गुफा छिर्ने सकिने भएको र गुफाको पहिचान गरी नेपालकै पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न लक्ष्य रहेको वडाअध्यक्ष आंंँखेवाले बताए ।
पर्यटन प्रबद्र्धनका सम्भावनाहरूको खोजी गर्दै गुफालाई पर्यटकीय गन्तब्यका रूपमा विकास गर्न सके पर्यटकहरू भिœयाउन मात्र नभई यहाँका नागरिकहरूलाई आर्थीक रुपमा समृद्ध बनाउन सकिनेछ ।