कारोबार संवाददाता
बुधवार, मंसिर ४, २०७६

यती एअरलाइन्सले आफ्ना सबै विमानमा प्लास्टिक कप प्रयोग बन्द गरेको छ । यात्रुलाई पानी तथा कुनै पेय पदार्थ दिन प्रयोग भइरहेको प्लास्टिक कपको सट्टा उसले पेपर (कागज) कप प्रयोगमा ल्याएको हो । पेपर कपको उद्घाटन कार्यक्रममा सहभागी हुँदै यूएनडीपीकी आवासीय प्रतिनिधि आइसियानी लेबेले यती एअरलाइन्सको यो प्रयास अत्यन्तै सकारात्मक रहेको बताए। प्लास्टिक प्रयोगमा कमी ल्याउन सबैको संयुक्त प्रयास हुनुपर्नेमा उनले जोड दिइन् ।

204
अनुपमा खनाल
बुधवार, मंसिर ४, २०७६

गोरखा संग्रहालय साताभरी नै खुल्ला रहने भएको छ । शैक्षिक भ्रमणको सीजनसँगै पर्यटकको चाप बढकाले मंसिरदेखी माघसम्म साताभरी नै गोरखा संग्रहालय खुल्ला गरिने भएको हो । हरेक मंगलबार संग्रहालय बन्द हुँदै आएपनि पर्यटकको चाप बढेकाले बिदाको दिनमा पनि संग्रहालय खुल्ला गर्ने निर्णय गरेको संग्रहालय प्रमुख नवराज अधिकारीले जानकारी दिए । ‘यो शैक्षिक भ्रमणको सीजन हो’ उनले भने ‘यो सीजनमा पर्यटकको चाप बढि हुन्छ ।

168
नीरज पिठाकोटे
बुधवार, मंसिर ४, २०७६

प्रदेश नम्बर २ को प्रमुख पर्यटकीय गन्तव्यको रूपमा विकास हुदै गरेको पर्सा राष्ट्रिय निकुञ्जले पर्यटक तान्नका लागि विभिन्न योजनाहरू अघि सारेको छ । प्रदेश नम्बर २ को बारा र पर्सा तथा प्रदेश नम्बर ३ को मकवानपुर जिल्लासम्म छोएको पर्सा राष्ट्रिय निकुञ्जले अहिले निकुञ्जमा पर्यटकलाई आकर्षण गर्नका लागि विभिन्न योजनाहरू ल्याएको छ ।

165
दीननाथ बराल
मंगलबार, मंसिर ३, २०७६

घरवास कार्यक्रम (होमस्टे) को प्रबद्र्धन गर्न पोखरा महानगरपालिका २३ स्थित चापाकोटमा यही मंसिर २५ गतेदेखि चापाकोट देउराली समुदायिक होमस्टे सांस्कृतिक महोत्सव हुने भएको छ । गत बर्ष देखि संचालनमा आएको होमस्टे गाउँको प्रचार प्रसार सहित गाउँको सांस्कृतिक कला संस्कृतिको संरक्षण गर्ने उद्धेश्यले मंसिर २९ गतेसम्म उक्त महोत्व हुने भएको चापाकोटमा सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

214
प्रकाश लम्साल
मंगलबार, मंसिर ३, २०७६

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भटराईले अबको ५ वर्षमा निजगढ विमानस्थलबाट जहाज उडने घोषणा गरेका छन् । मन्त्रालयको जम्बो टोली बोकेर बारा पुगेका भट्टराईले बिहान ९ बज देखि स्थलगत अबलोकन गरी विमानस्थलको मुख्य धाबनमार्गमा पर्ने बस्तीमा सरोकारबालाहरूबीच उक्त घोषणा गरेका हुन् ।

323
मनोरञ्जन शर्मा
मंगलबार, मंसिर ३, २०७६

मायादेवी मन्दिरको जस्तै आकृति अहिले भैरहवामा देख्न सकिन्छ । टाढाबाट हेर्दा बुद्धजन्मस्थल लुम्बिनीमा अवस्थित मायादेवी मन्दिरजस्तै देखिने आकृति भैरहवामा निर्माण भइरहेको छ ।

183
कारोबार संवाददाता
सोमवार, मंसिर २, २०७६

धनगढी विमानस्थल आइतबारदेखि एक महिनाका लागि आंशिक रूपमा बन्द हुने भएको छ । मंसिर १ गतेदेखि एयरपोर्टको रनवे र पार्किङ निर्माण गर्नका लागि एक महिनासम्म हरेक दिन साँझ चार घण्टाका बन्द रहने भएको हो । गत जेठमा १८ सय मिटरमध्ये ४ सय २० मिटर कालोपत्रे रनवेमा र पार्किङ क्षेत्रमा ओभरलेको काम बाँकी छ ।

221
लक्ष्मण ढुंगाना
सोमवार, मंसिर २, २०७६

सरकारले ओझेलमा परेका पर्यटकीय स्थलको प्रवद्र्धनका लागि गत वर्ष एक सयवटा नयाँ पर्यटकीय गन्तव्य पहिचान गरेको थियो । सन् २०२० को भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने भन्दै घोषणा गरेका त्यस्ता केही गन्तव्यमा भ्रमण वर्ष आउन २ महिना बाँकी छँदा हालसम्म कुनै रौनक छैन । यस्तै मध्यको एक हो बाँकेको डुडुवा गाउँपालिका–५ स्थित कम्मर शाह बाबा मजार धार्मिक पर्यटकीय स्थल ।

199
सागर परियार
सोमवार, मंसिर २, २०७६

कर्णाली प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य मुगुको रारा तालमा आन्तरिक तथा बाह्य पर्यटकको चाप बढ्दै गएको छ । पछिल्लो समय रारालाई चिनाउन विभिन्न दौड प्रतियोगिता हुन थालेका छन् । जसले गर्दा खेल खेल्नका लागि भए पनि सयांैका संख्यामा आन्तरिक तथा बाह्य पर्यटक भित्रिरहेका छन् ।

272
कारोबार संवाददाता
सोमवार, मंसिर २, २०७६

कैलालीको धनगढी विमानस्थलमा मंसिर महिनाभरि आंशिक रुपमा उडान बन्द हुने भएका छन् । धावनमार्गको मर्मतसम्भार र स्तरवृद्धिको काम बाँकी रहेकाले सो कामलाई निरन्तरता दिन आजबाट दिउँसो ३ देखि बेलुकी ७ बजेसम्म एक महिनाका लागि उडान आंशिकरुपमा बन्द हुने धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले जानकारी दिए ।

107
प्रगति ढकाल
सोमवार, मंसिर २, २०७६

गाँस, बास र कपासको आवश्यकतापछि अर्को मानविय आवश्यकता हो, मनोरञ्जन । जीवनमा हरेक मान्छेले मनोरञ्जन लिने तरिका फरक फरक हुन्छ । ती मनोरञ्जनका तरिकाहरुमध्ये एक हो भ्रमण । व्यस्त जीवनबाट केही समयको लागि छुटकारा पाउन मनोरञ्जनका लागि भ्रमण गर्ने, नयाँ नयाँ ठाउँहरु घुम्ने चलन बढिरहेको छ । छुट्टीको सदुपयोग गर्न पनि विभिन्न स्थानहरुमा भ्रमण गर्न मानिसहरु जाने गर्छन् । पछिल्लो समय प्रकृतिमा आधारित पर्यटकहरुको संख्या बढ्दै गइरहेको छ । मानिसहरु प्रकृतिमा रमाउन चाहन्छन् । प्राकृतिक सौन्दर्यमा डुलेर मनोरञ्जन लिन चाहन्छन् ।

185
कारोबार संवाददाता
आइतवार, मंसिर १, २०७६

नेपाल भ्रमण वर्ष–२०२० मा जापानका लागि नेपालमा विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएका गिनिज बुक अफ दी वल्र्ड रेकर्डमा नाम लेखाइसकेका हिरोमी इसोइकालाई सद्भावना दूत नियुक्त गरेको छ ।

258
कारोबार संवाददाता
आइतवार, मंसिर १, २०७६

ग्रामीण पर्यटन प्रवद्र्धनका लागि लमजुङको पर्यटकीय गाउँ गिलुङमा ‘गिलुङ पर्यटन महोत्सव २०७६’ भएको छ । गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनसँगै गिलुङको ग्रामीण पर्यटन प्रवद्र्धन र होमस्टे विकासका लागि महोत्सव आयोजना भएको हो । शुक्रबार र शनिबार दुईदिनसम्म सञ्चालन भएको महोत्सवको पहिलो दिन गण्डकी प्रदेशका पर्यटनमन्त्री विकास लम्सालले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै पर्यटनमन्त्री लम्सालले पर्यटकिय गाउँहरूमा आयोजना हुने महोत्सवले गाउँको पर्यटन प्रवद्र्धमा थप मद्यत पुग्ने दाबी गरे ।

226
कारोबार संवाददाता
आइतवार, मंसिर १, २०७६

पर्यटकीय गन्तव्यको रूपमा सम्भावना बोकेको लमजुङको गाउँसहरस्थित ऐतिहासिक एवं पुरातात्विक सम्पदाको संरक्षण र प्रवद्र्धनका लागि स्थानीय जुटेका छन् । धार्मिक सम्पदा लमजुङ कालिका मन्दिर र सोसँगै रहेको ऐतिहासिक गाउँसहर दरबारसहित सो क्षेत्रमा रहेका सम्पदाको संरक्षण र पर्यटन प्रवद्र्धनको निम्ती स्थानीयले समिति नै गठन गरी अघि बढेका हुन् ।

209
कारोबार संवाददाता
शुक्रवार, कार्तिक २९, २०७६

काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल यातायात महासंघ र पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच भएको संयुक्त कार्यक्रममा देशभरमा सार्वजनिक यातायातहरूमा भ्रमण वर्ष २०२० को प्रचार सामग्री राखिने समझदारी भएको हो । आजबाट लागू भएको भ्रमण वर्षको प्रचार सामग्री मंसिर १५ गतेसम्म करिब ३ लाख सार्वजनिक सवारी साधनहरूमा नेपाल भ्रमण वर्ष २०२० को प्रचार सामग्रीहरू राखिसक्ने नागरिक तथा उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिए ।

211