कारोबार संवाददाता
बुधवार, मंसिर ११, २०७६

विश्व आर्चरी संघबाट प्रतिबन्धमा परेको भारत १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भने सहभागी हुने भएको छ । केही समयअघि प्रतिबन्धित भएको भारतले साउथ एसियन ओलम्पिक काउन्सिलबाट हालसम्म फुकुवा नभएको अवस्थामा पनि अन्तिम समयमा आएर आफ््नो टिमको नाम दर्ता गराएको हो ।

418
रासस
मंगलबार, मंसिर १०, २०७६

अर्को सातादेखि शुरु हुने १३औँँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत टेबलटेनिस खेलमा नेपालले कूल सात पदक भित्र्याउने लक्ष्य लिएको छ । सन् १९८७ भारतको कोलकातामा भएको तेस्रो संस्करणको दक्षिण एशियाली खेलकूदबाट शुरुआत गरेको टेबलटेनिस खेलमा नेपालले यसपटक एक स्वर्ण, दुई रजत र चार कास्य पदक भित्र्याउने लक्ष्य लिएको हो ।

364
कारोबार संवाददाता
आइतवार, मंसिर ८, २०७६

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पोखरामा हुने ८ खेलका लागि ४ सय १ जना महिलासहित ७ सय २२ जना खेलाडीहरु सहभागि हुने भएका छन् । यही मंसिर १५ देखि २४ गतेसम्म पोखरामा पनि संचालन हुने १३ औं सागमा पुरुष भन्दा महिला ११ प्रतिशत अर्थात् ८० जना बढी खेलाडीहरु सहभागि हुने भएका हुन् ।

499
कारोबार संवाददाता
शुक्रवार, मंसिर ६, २०७६

यही मंसिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना हुने तय भएको १३औँ दक्षिण एशियाली खेलकूद(साग)मा प्याराग्लाइडिङ प्रतियोगिता नहुने भएको छ । सागको नियम अनुसार प्रतियोगिता सञ्चालनका लागि न्यूनतम तीन देश सहभागी हुनुपर्छ । खेलाडी दर्ताको अन्तिम दिन बुधबारसम्म नेपाल र पाकिस्तान बाहेक अन्य देशबाट खेलाडी दर्ता नहुँदा प्रतियोगिता नहुने निश्चित भएको नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेजबहादुर गुरुङले बताए ।

464
दीननाथ बराल
बिहिवार, मंसिर ५, २०७६

पोखरा रंगशालाको प्यारापिट निर्माणको जडान कार्य सुरु भएको छ । यही मंसिर १५ देखि २४ गतेसम्म पोखरामा संचालन हुने १३ औं साग अन्तर्गत महिला फुटवल खेल संचालनको लागि हाल निर्माण हुँदै गरेको पोखरा फुटवल स्टेडिएमको प्यारापिट निर्माण कार्य सुरु भएको निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर दीपक बरालले बताए ।

480
कारोबार संवाददाता
सोमवार, मंसिर २, २०७६

यही मंसिर १४ गते हुने कस्की क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्यकोे उपनिर्वाचन र मंसिर १५ देखि २४ गतेसम्म १३ औं दक्षिण एशियाली खेलकुद (साग) का केही खेल पोखरामा समेत आयोजना हुने भएकोले पोखरामा शान्ति सुरक्षालाई थप मजबुद पार्न थप सुरक्षाको माग गरिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले पोखरामा हुने निर्वाचन र साग लक्षित हुने गरी थप सुरक्षाको माग गरिएको बताएका छन् ।

565
दीननाथ बराल
आइतवार, मंसिर १, २०७६

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले १३ औं संस्करणको दक्षिण एसियाली खेलकुद (साग) अब पूर्वाधार निर्माणका हिसावले कुनै पनि खेल तलमाथि नहुने बताएका छन् । शनिबार पोखरामा आयोजित १३ औं साग तयारी समिति पोखरा प्रचार–प्रसार तथा प्रकाशन समितिको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री विश्वकर्माले पूर्वाधार निर्माणका दृष्टिले अब सागका निर्धारण गरिएका सबै खेल तोकिएकै ठाउँ र मितिमा हुने दाबी गरेका हुन् ।

783
रासस
आइतवार, मंसिर १, २०७६

चितवनको भरतपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको कामले तीव्रता पाएको छ । क्रिकेट मैदान सम्याउने र नाली निर्माणको काम तीव्रगतिमा अगाडि बढिरहेको छ । रङ्गशालाको निर्माण समयमै सम्पन्न गर्नका लागि काम युद्धस्तरमा अगाडि बढिरहेको धुर्मुससुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ले बताए ।

546
कारोबार संवाददाता
शुक्रवार, कार्तिक २९, २०७६

नेपाली महिला भलिबल टोली ऐतिहासिक उपाधि जित्न सफल भएको छ । बुधबार सम्पन्न एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि नेपालले आफ्नो पोल्टामा पारेको हो ।

516
कारोबार संवाददाता
बुधवार, कार्तिक २७, २०७६

सुरुका वर्षहरूमा काठमाडौँबाट सुरु भएको प्रतियोगिताको १० औँ संस्करणदेखि बेंसीसहरबाट सुरु भएको हो । समुद्री सतहदेखि ५ हजार ४ सय १६ मिटर उचाइमा पर्ने थोराङ्ला भञ्ज्याङ पास गर्ने गरि प्रतियोगिता सुरु भएको हो । सात दिनसम्म सञ्चालन हुने सो प्रतियोगितामा पाँचजना नेपाली सहित १२ देशका २५ जना प्रतियोगी सहभागी भएका छन् ।

457
कारोबार संवाददाता
मंगलबार, कार्तिक २६, २०७६

सोमबार भएको फाइनल खेलमा स्पर्धी चर्च ब्वाइज युनाइटेडमाथि सहज जीत निकाल्दै आर्मी च्याम्पियन बनेको हो । चर्च ब्वाइजविरुद्ध २–० गोलको नतिजामा आर्मीलाई च्याम्पियन बनाउन कप्तान टेकबहादुर बुढाथोकी नायक सावित भए । आर्मीका लागि पहिलो र दोस्रो हाफमा समान १–१ गोल भएको थियो ।

531
कारोबार संवाददाता
सोमवार, कार्तिक २५, २०७६

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले अबको १५ दिन भित्रमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) को सम्पूर्ण कार्य सम्पन्न गर्ने दाबी गरेका छन् । पोखरा रंगशालामा आइतबार आयोजना भएको पत्रकार सम्मेलनमा उनले आगामी मंसिर ५ गतेभित्र साग लक्षित निर्माण कार्य सम्पन्न गरेसँगै १५ दिनमा सागको निर्माण कार्य सम्पन्न गर्ने दाबी गरेका हुन् ।

482
कारोबार संवाददाता
बिहिवार, कार्तिक १४, २०७६

नेपाली राष्ट्रिय क्रिकेट टोलीमा कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्लले पाएका छन् । हालै कप्तानबाट पारस खड्काले राजीनामा दिएपछि नेपाल क्रिकेट संघ (क्यान)ले उपकप्तान रहेका मल्ललाई बुधबार कप्तानको जिम्मेवारी दिएको हो ।

577
कारोबार संवाददाता
बिहिवार, कार्तिक १४, २०७६

एनसेल बाह्रखरी गल्फ तेस्रो संस्करणको विजेता टाशी छिरिङ भएका छन् । छिरिङले उपाधिसँगै गोल्डेन बल जितेका छन् । उनले बाह्रखरी गल्फले सगरमाथा क्षेत्रमा आयोजना गरेको प्रतियोगिता निकै नौलो भएको बताएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले विजेता छिरिङलाई गोल्डेन बल तथा ट्रफीले सम्मान गरेका थिए ।

534
कारोबार संवाददाता
मंगलबार, कार्तिक ५, २०७६

दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको मिति एक महिना पछि सरेको छ । सोमबार आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले प्रतियोगिता सारेको जानकारी दिएको हो । प्रेस विज्ञप्ति निकाल्दै आयोजकले यसअघि कात्तिक चौथो साताबाट हुने तय भएको पीपीएल समय सार्दै मंसिर २८ देखि पुस १२ सम्म हुने बताएको छ । प्रतियोगितामा ६ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

697

सातामा धेरै पढिएको