कारोबार संवाददाता
बिहिवार, मंसिर १९, २०७६

तेस्रो पटक नेपालमा आयोजना भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत बुधबार भएको खो–खोमा नेपालको महिला टोलीले रजत पदक जितेको छ । कीर्तिपुरस्थित नयाँ बजारको कभर्डहलमा भएको फाइनल खेलमा भारतसँग नेपाल १७–५ ले पराजित हुँदै रजत पदक जितेको हो ।

358
कारोबार संवाददाता
बिहिवार, मंसिर १९, २०७६

१३ औं दक्षिण एशियाली खेलकूदअन्तर्गत पोखरामा जारी महिला क्रिकेट प्रतियोगिताको बुधबारको खेलमा नेपाल १० विकेटले पराजित भएको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा भएको खेलमा नेपाल बंगलादेशसँग १० विकेटले पराजित भएको हो । यसअघि माल्दिभ्ससँगको खेलमा नेपाल १० विकेटले नै विजयी भएको थियो । टस जितेर बंगलादेशले फिल्डिङ रोजेको थियो । पहिला ब्याटिङ गरेको नेपालले १९.२ ओभरमा केवल ५० रन जोडेको थियो ।

322
कारोबार संवाददाता
बिहिवार, मंसिर १९, २०७६

काठमाडौं र पोखरामा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग)को तेस्रो दिनसम्म नेपाल पदक तालिकाको शीर्ष स्थानमा यथावत् छ । नेपालले बुधबार रातिसम्ममा २९ वटा स्वर्ण पदक जितिसकेको छ । योसँगै नेपाल सन् १९९८ मा भएको सागको रेकर्ड नजिक पुगेको छ । नेपालले घरेलु भूमिमा त्यसबेला सबैभन्दा बढी ३१ वटा स्वर्ण पदक जितेको थियो ।

1028
दीननाथ बराल
बुधवार, मंसिर १८, २०७६

१३ औं साग अन्तर्गत दुवाथलनमा पनि नेपालले एक स्वर्ण पदकसहित तीन पदक हात पार्न सफल भएको छ । पोखराको लेकसाइडमा मंगलबार भएको ५ किलोमिटर दौड, २० किलोमिटर साइक्लिङ र साढे दुई किलोमिटर दौडमा नेपालले एक स्वर्ण सहित तीन वटा पदक हात पार्न सफल भएको हो ।

436
कारोबार संवाददाता
मंगलबार, मंसिर १७, २०७६

१३ औं दक्षिण एशियाली खेलकुद पदक तालिका

507
रासस
मंगलबार, मंसिर १७, २०७६

तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गतको महिला फुटबल प्रतियोगिताको आज सम्पन्न भएको पहिलो खेलमा नेपालले विजयी शुरुआत गरेको छ । पोखरा रङ्गशालामा सम्पन्न भएको खेलमा नेपालले प्रतिद्वन्द्वी श्रीलङ्कालाई १–० ले पराजित गरेको हो । नेपालले पूरा समय श्रीलङ्कालाई दवावमा राखेको भए पनि खेलको अन्तिम मिनेटमा गोल गर्न सफल भयो ।

426
कारोबार संवाददाता
मंगलबार, मंसिर १७, २०७६

१३ औं दक्षिण एशियाली खेलकुद पदक तालिका

660
कारोबार संवाददाता
मंगलबार, मंसिर १७, २०७६

१३ औं दक्षिण एशियाली खेलकुद (साग) मा पोखराबाट नेपाललाई पहिलो स्वर्ण पदक प्राप्त भएको छ । सोमबार बिहान पोखरामा भएको महिलातर्फको ट्रायथलनमा सोनी गुरुङले नेपाललाई स्वर्ण पदक दिलाएकी हुन् ।

329
कारोबार संवाददाता
मंगलबार, मंसिर १७, २०७६

१३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा नेपालले नयाँ कीर्तिमान कायम गर्र्दै विजयी शुरुवात गरेको छ । पोखरा रंगशालामा सोमबार भएको पहिलो खेलमा आयोजक नेपालले १० विकेटले माल्दिभ्सलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ । टस जितेर ब्याटिङ्ग रोजेको माल्दिभ्स १०.१ ओभरमा १६ रनमै सीमित भएको थियो ।

335
कारोबार संवाददाता
आइतवार, मंसिर १५, २०७६

१३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोेगिता (साग) को लागि २३० जनालाई तालिम दिइएको छ । सागलाई व्यवस्थित रुपमा सफल पार्नको लागि स्वयंसेवक खटाइनेछ । खेल अवधिभर पोखराको साग खेलकुदमा एक सय ८० जना स्वयंसेवक परिचालन गरिनेछ । स्वयंसेवा गर्न ईच्छुक दुई सय ३० जनालाई नै तालिम दिइएको स्थानीय व्यवस्थापन तथा सहजीकरण समितिले जनाएको छ । तालिम पश्चात् योग्यलाई स्वयंसेवकका रुपमा खटाइनेछ ।

190
दीननाथ बराल
सोमवार, मंसिर १६, २०७६

पोखरामा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पोखरा ६ लेकसाइडमा हुने बिच भलिबल प्रतियोगितालाई सफल पार्न लेकसाइडवासी एक जुट भएका छन् । नेपाल र पोखराको इज्जत र प्रतिष्ठासँग जोडिएको सागअन्तर्गत बिच भलिबल लेकलाइडमा हुने भएकाले आफ्नो ठाउँमा हुने सागलाई सफल पार्नुपर्छ भन्दै स्थानिय आमा समूह तथा स्थानिय एकजुट भएका हुन् ।

467
दीननाथ बराल
सोमवार, मंसिर १६, २०७६

पर्यटकीय नगरी पोखरामा आइतबारदेखि १३ औं संस्करणको दक्षिण एसियाली खेलकुद (साग) सुरु भए पनि सोमबार (आज) उक्त खेलको औपचारिक उद्घाटन निकै तामझामका साथ हुने भएको छ । ७ देशका खेलाडी एवं अफिसियलहरुलाई पोखरामा स्वागत गर्न पोखरा रंगशाला यतिबेला सिंगारिएको छ ।

423
कारोबार संवाददाता
सोमवार, मंसिर १६, २०७६

राष्ट्रपति विद्यादेवी भण्डारीले १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)को आइतबार साँझ दशरथ रङ्गशालामा आयोजित समारोहबीच उद्घाटन गरेकी छन् ।

393
कारोबार संवाददाता
शुक्रवार, मंसिर १३, २०७६

१३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पोखरामा हुने ८ वटा खेलहरुको लागि पोखरा रंगशालामा १२ र होटलहरुमा चौबिसै घण्टा चिकित्सक सहितको मेडिकल सेवा उपलब्ध हुने भएको छ । साग लक्षित पोखरामा आउने खेलाडी एवं अफिसियलहरुको स्वास्थ्य उपचारको लागि पोखरा रंगशालामा १२ घण्टा र आवासिय रुपमा बस्ने होटलहरुमा भने चौबिसै घण्टा चिकित्सक सहितको मेडिकल सेवा उपलब्ध गराउने भएको १३ औं साग पोखरा स्वास्थ्य समितिका संयोजक डा.पदम खड्काले बताए ।

563
कारोबार संवाददाता
शुक्रवार, मंसिर १३, २०७६

युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले मंसिर १५ गतेबाट सुरु हुने १३ औं साग सञ्चालन र व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको स्पष्ट पारेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री विश्वकर्माले १३ औं साग सञ्चालन र तयारीको सबै काम सम्पन्न भैसकेको जनाएका हुन् । उनले भने, “मंसिर १५ गते साँझ ५ बजे दशरथ रंगशालामा राष्ट्रपतिज्यूले सागको समुउद्घाटन गर्नुहुनेछ ।”

409