कारोबार संवाददाता
बुधवार, पुष ९, २०७६

चितवन राइनोज पोखरामा जारी दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी २० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा मंगलबार आफ्नो लिग चरणको अन्तिम खेलमा काठमाडौँ गोल्डेन वारियर्सलाई ६० रनको फराकिलो अन्तरले पराजित गरी चितवन फाइनलमा प्रवेश गरेको हो ।

452
कारोबार संवाददाता
मंगलबार, पुष ८, २०७६

कास्कीको पोखरामा जारी पोखरा प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करणमा सोमबार भएको खेलमा धनगढी एक्सपर्ट विजयी भएको छ । धनगढीले पोखरा पल्टनलाई पाँच विकेटले पराजित गरेको हो ।

389
कारोबार संवाददाता
सोमवार, पुष ७, २०७६

पोखरामा मंसिर २९ गतेदेखि जारी दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पिपीएल) टी २० क्रिकेट प्रतियोगितामा साविक उपविजेता चितवन राइनोजले लगातार चौथो जित निकालेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आइतबार प्रतियोगिताको आफ्नो चौथो खेलमा विराटनगर टाइटन्सलाई १८ रनले पराजित गरेसँगै चितवनले अपराजित यात्रालाई कायम राख्दै ‘प्लेअफ’ मा स्थान सुरक्षित गर्न सफल भयो । हारसँगै विराटनगरको भने अघिल्लो चरण पुग्ने सम्भावना निकै कमजोर बनेको छ । अघिल्लो दिनको खेलमा समेत काठमाडौँसँग पराजित भएको विराटनगरले जारी प्रतियोगितामा एक खेल मात्र जितेको छ ।

377
कारोबार संवाददाता
आइतवार, पुष ६, २०७६

युनाईटेड अरब ईमिरेट्स (यूएई)को डेजर्ट कब्स क्रिकेट एकेडमीको यु १३ टिम मैत्रीपूर्ण क्रिकेट खेल्न भैरहवा आइपुगेको छ । आफ्नो क्रिकेट क्लबमा रहेका बिभिन्न उमेर समूहका टिमलाई लिएर प्रत्येक वर्ष विभिन्न देशमा गएर मैत्रीपूर्ण क्रिकेट खेल्दै आएको डेजर्टले यस वर्ष नेपाललाई गन्तव्य बनाउने क्रममा खेलका लागि भैरहवा आएको हो ।

636
कारोबार संवाददाता
शुक्रवार, पुष ४, २०७६

चितवन राइनोजका शुरुआती ब्याट्सम्यान रोहन मुस्ताफा र पारस खड्काले पहिलो विकेटका लागि ११७ रनको उत्कृष्ट साझेदारी गरेपछि पोखरा प्रिमियर लिग (पिपीएल) टी–२० क्रिकेट प्रतियोगितामा चितवनले बुटवल ब्लास्टर्सलाई ११९ रनको फराकिलो अन्तरले पराजित गरेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस जितेर बुटवलले पहिला ब्याटिङका लागि निम्ता दिएपछि प्रतियोगितामा दोस्रो जितको खोजीमा रहेको चितवनले उत्कृष्ट शुरुआत गरेको थियो ।

790
कारोबार संवाददाता
बिहिवार, पुष ३, २०७६

पोखरामा जारी दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगितामा काठमाडौँ गोल्डेन वारियर्सले पहिलो जीत आफ्नो पक्षमा पारेको छ । क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा मङ्सिर २९ गतेदेखि यहाँस्थित रङ्गशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगितामा पहिलो जीत दर्ता गर्ने क्रममा बुधबार काठमाडौँले एक्सपर्ट धनगढी ब्लुजलाई १०६ रनको विशाल अन्तरले पराजित गरेको हो । यसअघिका दुई खेलमा पराजित भएको काठमाडौँलाई पहिलो जीत आफ्नो पक्षमा ल्याउने क्रममा राष्ट्रिय टोलीका समेत कप्तान रहेका काठमाडौँका कप्तान ज्ञानेन्द्र मल्लले शतकीय पारी खेले ।

538
कारोबार संवाददाता
बुधवार, पुष २, २०७६

पोखरमा जारी पोखरा प्रिमियर लिग (पिपिएल) टी ट्वान्टी क्रिकेट प्रतियोगितामा चितवन राइनोजले साविक विजेता पोखरा पल्टनलाई पराजीत गर्दै विजयी शुरुआत गरेको छ ।

543
कारोबार संवाददाता
आइतवार, मंसिर २९, २०७६

पोखरामा आइतबारदेखि शुरु हुने दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेल साबिक विजेता पोखरा पल्टन र काठमाडौँ गोल्डेन्सबीच हुने भएको छ ।

564
कारोबार संवाददाता
शुक्रवार, मंसिर २०, २०७६

राजधानीमा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत उसु खेलमा नेपालकी निमा घर्ती मगरले स्वर्णपदक जितेकी छन् ।

321
कारोबार संवाददाता
शुक्रवार, मंसिर २०, २०७६

जारी तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत साइक्लिङमा नेपालका बुद्धिबहादुर तामाङले स्वर्ण पदक जितेका छन् ।

369
कारोबार संवाददाता
शुक्रवार, मंसिर २०, २०७६

नेपालले १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत साइक्लिङको क्रस कन्ट्री स्पर्धामा स्वर्ण पदक जितेको छ । काठमाडौँको गोकर्णमा बिहीबार भएको खेलमा नेपालकी लक्ष्मी मगरले स्वर्ण पदक जितिन् ।

282
कारोबार संवाददाता
शुक्रवार, मंसिर २०, २०७६

पोखरामा जारी १३ औँ दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत बिहीबारदेखि पोखरामा आर्चरी खेल शुरु भएको छ । पाकिस्तान अन्तिम समयमा आएर सहभागी नहुने भएपछि उक्त खेलको उद्घाटनसहित अभ्यास खेल शुरु भएको नेपाल आर्चरी सङ्घका केन्द्रीय वरष्ठ उपाध्यक्ष वसन्त थकालीले बताए ।

314
कारोबार संवाददाता
बिहिवार, मंसिर १९, २०७६

१३औं दक्षिण एसियाली खेलकुद (साग)मा तेक्वान्दो खेलाडी भुपेन श्रेष्ठले स्वर्ण पदक जित्न सफल भएका छन् ।

317
कारोबार संवाददाता
शुक्रवार, मंसिर २०, २०७६

१३ औं दक्षिण एशियाली खेलकुद पदक तालिका

801
दीननाथ बराल
बिहिवार, मंसिर १९, २०७६

जारी १३औँ दक्षिण एशियाली खेलकूद(साग) अन्तर्गत पोखरामा सम्पन्न ट्रायथलन स्पर्धामा नेपाल सर्वाधिक ६ पदक जितेर टिम च्याम्पियन बनेको छ । यही मंसिर १६ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा पाँच स्वर्ण, पाँच रजत र पाँच कास्य गरी १५ पदकका लागि भएको प्रतिस्पर्धामा नेपाल पदक तालिकामा शीर्षस्थानमा रहन सफल भयो ।

419