कारोबार संवाददाता
आइतवार, मंसिर २४, २०७४

पोखरा राइनोज् ट्यालेन्ट हन्टमा प्रतिस्पर्धाका लागि दर्ता खुला भएको छ । दर्ता प्रक्रिया बिहान ७ देखि बेलुकी ८ः३० बजेसम्म खुल्ला रहने जानकारी दिँदै कार्यक्रममा जम्मा १ सय २० प्रतिस्पर्धीको सहभागिता रहेको पनि आयोजकले जनाए । पोखराका मेयर मानबहादुर जीसीले कार्यक्रमलाई सम्बोधन गर्दै प्रतियोगीहरूलाई स्पर्धाका लागि शुभकामना दिएका थिए । साथै उनले पोखरामा यस्ता प्रतिस्पर्धा तथा खेलको महत्वमाथि पनि प्रकाश पारेका थिए ।

953
कारोबार संवाददाता
मंगलबार, मंसिर ५, २०७४

कोकाकोला नेपाल, अखिल नेपाल फुटबल संघ (एन्फा) तथा युवा तथा खेलकुद मन्त्रालयले संयुक्त रूपमा आयोजना गर्ने गरेको ‘कोकाकोला कप २०७४’ को राष्ट्रिय तह सुरु भएको छ । विद्यालय स्तरीय आधारभूत तहको देशकै सबैभन्दा ठूलो प्रतियोगिता हो । यसका अतिरिक्त, एन्फासँग आबद्ध ४३ जिल्लाहरूमा प्रतियोगिता खेलिएको थियो, जसमा हरेक जिल्लाबाट ३५ भन्दा बढी विद्यालयहरू सहभागी भएका थिए । यति धेरै संख्यामा छात्र र छात्रा खेलाडीको सहभागिता रहने यो नेपालकै सबैभन्दा बृहत् प्रतियोगिता हो ।

1098
कारोबार संवाददाता
आइतवार, कार्तिक २६, २०७४

काठमाडौं उपत्यकामा पहिलो पटक निजी स्तरको क्लबको आयोजनामा हुन लागेको ए डिभिजन फुटबल प्रतियोगिता हुने भएको छ । विभिन्न शीर्षकमा गरेर ११ लाख ५१ हजार रुपैयाँभन्दा बढी पुरस्कार राशिको व्यवस्था भएको ए डिभिजन फुटबल प्रतियोगिता पहिलोपटक हुन लागेको हो । चन्द्रागिरी नगरपालिका नैकापको ब्राइट युथ क्लबले कात्तिक २८ गतेदेखि मंसिर ५ गतेसम्म फुटबल प्रतियोगिता गर्न लागेको क्लबका उपाध्यक्ष कृष्ण बस्याल किसनले जानकारी दिए । प्रतियोगितामा ७ वटा ए डिभिजन क्लबका साथै आयोजक ब्राइट युथ क्लबसहित ८ वटा टिमको सहभागिता रहनेछ ।

979
कारोबार संवाददाता
आइतवार, कार्तिक २६, २०७४

एसिसी यू–१९ एसिया कपमा नेपालले भारतमाथि रोमाञ्चक जित हात पारेको छ। मलेसियाको बायुमास ओभलमा भएको खेलमा नेपालले भारतलाई १९ रनले पराजित गरेको हो। नेपालले भारतलाई पराजित गरेको यो पहिलो पटक हो। नेपालले दिएको १ सय ८६ रनको लक्ष्य पछ्याएको भारत ४८.१ ओभरमा १ सय ६६ रनमा अलआउट भयो।

897
कारोबार संवाददाता
सोमवार, आश्विन ३०, २०७४

३ वटा सिरिज् मध्येको दोस्रो सिरिज्को सुरुवात हिजो भएको थियो भने पहिलो प्रतियोगिता २०७४ वैशाख २३ गतेमा भएको थियो र अन्तिम प्रतियोगिता आगामी केही महिनामा हुनेछ । आफ्नो होम क्लबहरूको भ्यालिड ह्यान्डिक्याप भएका देशभरिका उदयमान–गल्फरहरूलाई पनि यस इभेन्टमा सुनौलो मौका दिइएको छ । यो सिरिज् ३÷४ह्यान्डिक्यापका साथ स्टेबेलफोर्ड फम्र्याटमा खेलिएको छ ।

813
कारोबार संवाददाता
बुधवार, आश्विन २५, २०७४

काठमाडौं, २५ असोज । दक्षिण अमेरिकी च्याम्पियन चिलीलाई फुटबल महारथी ब्राजिलले हराएको छ । विश्कप छनौट अन्र्गत दक्षिण अमेरिकी क्षेत्रको छनौटको अन्तिम खेलमा ब्राजिलसँग ३–० को पराजय भोगेपछि चिली आगामी बर्ष रुसमा हुने विश्वकपमा छनौट हुनबाट चुकेको छ । ब्राजिलसँग पराजित भएसँगै कोपा अमेरिका विजेता चिलीको विश्वकप सपना अधुरै रहेको हो ।

733
कारोबार संवाददाता
मंगलबार, श्रावण १०, २०७४

सरकारले युवा तथा खेलकुद क्षेत्रको विकासका लागि दुई अर्ब २४ करोड विनियोजन गरे पनि भर्खरै राष्ट्रिय खेल घोषणा भएको भलिबलको नामसम्म उच्चारण भएन ।

873
एएफपी
बिहिवार, असार २९, २०७४

अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले अर्जेन्टिनी स्ट्राइकर तथा बार्सिलोनाका प्रसिद्ध फुटबल खेलाडी लिओनल मेसीमाथि लगाइएको चार अन्तर्राष्ट्रिय खेल खेल्न नपाउने गरी लगाइएको प्रतिबन्ध हटाएको छ ।

756