कारोबार संवाददाता
मंगलबार, माघ २, २०७४

प्रथम कर्णाली हेरिटेज ट्रेल रेसको उपाधि पुरुषतर्फ कर्णाली स्पोर्टस् क्लब जुम्लाका नरेश बुढा र महिलातर्फ राममाया बुढाले प्राप्त गर्न सफल भएका छन् । १२ किलोमिटरको रेस १ घण्टा १२ मिनेट ३० सेकेन्डमा नरेशले पार गरे भने राममायाले १ घण्टा ३६ मिनेट १५ सेकेन्डमा पार गरिन् ।

1226
कारोबार संवाददाता
मंगलबार, माघ २, २०७४

दाङमा आजदेखि सुरु हुन लागेको राष्ट्रिय फुटबलको तयारी पूरा भएको छ । माघ ६ गतेसम्म हुन लागेको २८ औं राष्ट्रिय च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि आवश्यक सम्पूर्ण तयारी पूरा गरेको दाङ फुटबल संघले जनाएको छ । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा हुन लागेको फुटबलको आज तुलसीपुरको अरनिको मैदानमा उद्घाटन गरिनेछ ।

1137
कारोबार संवाददाता
शुक्रवार, पुष २८, २०७४

राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत सोह्रौं राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको उपाधि विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ । एपिएफको जीतमा सावित्रा भण्डारीले दुई गोल गरिन् । सावित्रीले १७ औँ र ७५औँ मिनेटमा दुई तथा सरु लिम्बूले १९ औँ मिनेटमा एक गोल गरे । चौँतीसौँ मिनेटमा पुलिसकी नीरु थापाले गोल गरेकी थिइन् । सुपर लिगमा सबै तीन खेल जित्दै एपिएफ ९ अंक जोडेर च्याम्पियन बनेको हो ।

1231
कारोबार संवाददाता
बुधवार, पुष २६, २०७४

जारी ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटवल प्रतियोगिताअन्तर्गत मंगलबार भएको खेलमा रुपन्देही–११ ले भुटानको डुकस्टार क्लबलाई दुईका विरुद्ध तीन गोलले पराजित गरेको छ ।

1156
दीननाथ बराल
बुधवार, पुष २६, २०७४

मोफसलको प्रतिष्ठित ‘आहा रारा गोल्डकप’ फुटबल प्रतियोगिताको १६ औं संस्करणबाट यस वर्ष आयोजक सहारा क्लबले १ करोड २१ लाख आम्दानी गर्ने लक्ष्य राखेको छ ।

1463
कारोबार संवाददाता
मंगलबार, पुष २५, २०७४

पोखरामा यही पुस २९ गतेदेखि सञ्चालन हुने प्रभु बैंक १२ औं दक्षिण एसियाली सेभेन ए साइड फुटबल प्रतियोगितामा ६ देशका टिम सहभागी हुने भएका छन् । नेपाल सेभेन–ए–साईड फुटबल महासंघको आयोजनामा माघ ४ गतेसम्म हुने उक्त प्रतियोगितामा नेपाल, भारत, माल्दिभ्स, बंगलादेश, भुटान र पाकिस्तानका टिमहरु सहभागी हुने भएको सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

1083
रासस
सोमवार, पुष २४, २०७४

राखेप च्याम्पियनसिपअन्तर्गत १६औँ राष्ट्रिय महिला फुटबल लिगको पहिलो खेलमा त्रिभुवन आर्मीले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ ।

778
कारोबार संवाददाता
आइतवार, पुष २३, २०७४

मोफसलकै सर्वाधिक लोकप्रिय फुटबल प्रतियोगिता रुस्लान सिमरा गोल्डकपको नवौं संस्करण आगामी माघ २५ गतेबाट आयोजना हुने भएको छ । आयोजक नवजनजागृति युवा क्लबले शनिबार सिमरामा पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताबारे जानकारी गराएको हो ।

1016
कारोबार संवाददाता
आइतवार, पुष १६, २०७४

पारस खड्काको टिम विराटनगर वारियर्सले एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको उपाधि जितेको छ । शरद भेषावकरको टिम भैरहवा ग्लाडिएटर्समाथि एक रनको रोमाञ्चक जित हात पार्दै विराटनगरले ईपीएल क्रिकेटको उपाधि जितेको हो । टी–२० क्रिकेटमा १ सय ५० रनको मध्यम लक्ष्य अनि एकै ओभरमा खर्चिएको ३६ रन ! कुनैपनि टिमलाई खेलमा फर्कने कठिन

1117
कारोबार संवाददाता
मंगलबार, पुष ११, २०७४

पोखरामा मंगलबारदेखि राष्ट्रियस्तरको भलिबल प्रतियोगिता हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्ले आयोजनामा मंगलबारदेखि पोखरा रंगशालामा राखेप च्याम्पियनसिप–२०७४ अन्तर्गत २१औं संस्करणको महिला तथा ३१औं संस्करणको पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष याम गुरुङले बताए ।

1381
कारोबार संवाददाता
सोमवार, पुष १०, २०७४

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पहिलो पटक आफ्नै नाममा आयोजना गरेको राखेप च्याम्पियनसिप– २०७४ को राष्ट्रपति विद्यादेवी भण्डारीले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आइतबार उद्घाटन गरेकि छिन् ।

2069
कारोबार संवाददाता
आइतवार, मंसिर २४, २०७४

पोखरा राइनोज् ट्यालेन्ट हन्टमा प्रतिस्पर्धाका लागि दर्ता खुला भएको छ । दर्ता प्रक्रिया बिहान ७ देखि बेलुकी ८ः३० बजेसम्म खुल्ला रहने जानकारी दिँदै कार्यक्रममा जम्मा १ सय २० प्रतिस्पर्धीको सहभागिता रहेको पनि आयोजकले जनाए । पोखराका मेयर मानबहादुर जीसीले कार्यक्रमलाई सम्बोधन गर्दै प्रतियोगीहरूलाई स्पर्धाका लागि शुभकामना दिएका थिए । साथै उनले पोखरामा यस्ता प्रतिस्पर्धा तथा खेलको महत्वमाथि पनि प्रकाश पारेका थिए ।

934
कारोबार संवाददाता
मंगलबार, मंसिर ५, २०७४

कोकाकोला नेपाल, अखिल नेपाल फुटबल संघ (एन्फा) तथा युवा तथा खेलकुद मन्त्रालयले संयुक्त रूपमा आयोजना गर्ने गरेको ‘कोकाकोला कप २०७४’ को राष्ट्रिय तह सुरु भएको छ । विद्यालय स्तरीय आधारभूत तहको देशकै सबैभन्दा ठूलो प्रतियोगिता हो । यसका अतिरिक्त, एन्फासँग आबद्ध ४३ जिल्लाहरूमा प्रतियोगिता खेलिएको थियो, जसमा हरेक जिल्लाबाट ३५ भन्दा बढी विद्यालयहरू सहभागी भएका थिए । यति धेरै संख्यामा छात्र र छात्रा खेलाडीको सहभागिता रहने यो नेपालकै सबैभन्दा बृहत् प्रतियोगिता हो ।

1066
कारोबार संवाददाता
आइतवार, कार्तिक २६, २०७४

काठमाडौं उपत्यकामा पहिलो पटक निजी स्तरको क्लबको आयोजनामा हुन लागेको ए डिभिजन फुटबल प्रतियोगिता हुने भएको छ । विभिन्न शीर्षकमा गरेर ११ लाख ५१ हजार रुपैयाँभन्दा बढी पुरस्कार राशिको व्यवस्था भएको ए डिभिजन फुटबल प्रतियोगिता पहिलोपटक हुन लागेको हो । चन्द्रागिरी नगरपालिका नैकापको ब्राइट युथ क्लबले कात्तिक २८ गतेदेखि मंसिर ५ गतेसम्म फुटबल प्रतियोगिता गर्न लागेको क्लबका उपाध्यक्ष कृष्ण बस्याल किसनले जानकारी दिए । प्रतियोगितामा ७ वटा ए डिभिजन क्लबका साथै आयोजक ब्राइट युथ क्लबसहित ८ वटा टिमको सहभागिता रहनेछ ।

899
कारोबार संवाददाता
आइतवार, कार्तिक २६, २०७४

एसिसी यू–१९ एसिया कपमा नेपालले भारतमाथि रोमाञ्चक जित हात पारेको छ। मलेसियाको बायुमास ओभलमा भएको खेलमा नेपालले भारतलाई १९ रनले पराजित गरेको हो। नेपालले भारतलाई पराजित गरेको यो पहिलो पटक हो। नेपालले दिएको १ सय ८६ रनको लक्ष्य पछ्याएको भारत ४८.१ ओभरमा १ सय ६६ रनमा अलआउट भयो।

870